Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर
चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

एपी- चीनले मंगलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्ठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गर्दै आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ । 

चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए र ‘एकताको सट्टा टकरावले कसैलाई फाइदा नहुने’ बताए । ‘एकता नै शक्ति हो’, लीले राष्ट्रपथि सी जिनपिङको यसअघि गरिएको भनाइ उद्धृत गर्दै भने । उनले अमेरिकी आर्थिक जबरजस्ती र हस्तक्षेपको आलोचना गर्दै क्षेत्रीय सहयोगले साझा हित सुरक्षित गर्न सक्ने धारणा प्रस्तुत गरे ।

तर फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनप्रतिको सावधानीपूर्ण दृष्टिकोण अपनाउँदै ‘सहयोग जबरजस्तीको साथमा हुन सक्दैन’ भन्दै चेतावनी दिए । नयाँ सम्झौता ‘आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.०’ का रूपमा चिनिएको छ । यो सम्झौताले दुई अर्बभन्दा बढी जनसङ्ख्या भएको बजारलाई जोड्नेछ । यसले सामानमा कर घटाउने, लगानी र सेवा प्रवाह सहज पार्ने र आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राख्दछ । सन् २००२ मा पहिलो पटक हस्ताक्षर गरिएको यो सम्झौता सन् २०१० मा लागू भएको थियो ।

अहिलेसम्म दुईतर्फी व्यापार सन् २०१० को दुई खर्ब ३५ अर्ब डलरबाट बढेर गत वर्ष झन्डै १० खर्ब डलर पुगेको छ । आसियान र चीन एक–अर्काका प्रमुख व्यापारिक साझेदार हुन् । ली किआङले आसियान सदस्यहरू—ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर—लाई ‘भूगोल, संस्कृति र भावना नजिकका भाइ राष्ट्रहरू’ भन्दै संयुक्त प्रगतिको आह्वान गरे ।

Hardik health

उनले भने,‘एकपक्षीयता र संरक्षणवादले विश्वव्यापी व्यापार संरचनामा गम्भीर असर पुर्‍याएको छ, तर हामी पारस्परिक भरोसा र समन्वयद्वारा हाम्रो वैध अधिकार र चासोको रक्षा गर्न सक्छौँ ।’ राजनीतिक विश्लेषक ब्रिजेट वेल्शका अनुसार अद्यावधिक सम्झौताले आपूर्ति शृङ्खला र दिगोपनमा क्षेत्रीय लाभ पुर्‍याउनेछ । उनले भने,‘यो सम्झौताले विश्वव्यापी वास्तविकतालाई पनि प्रतिबिम्बित गर्छ, जहाँ गैर–अमेरिकी देशहरू आफ्नो समृद्धिका लागि नयाँ व्यापार सहकार्यतर्फ उन्मुख छन् ।’

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानको सन्तुलित नीति दोहोर्‍याउँदै भने,‘हामी हिजो अमेरिकाका राष्ट्रपति ट्रम्पसँग थियौँ, आज चीनसँग छलफल गर्दैछौँ—यसले आसियानको केन्द्रीय भूमिका र सन्तुलित कूटनीति देखाउँछ ।’ हाल चीन र अमेरिकाबीच बढ्दो व्यापार तनावका बीच बिहीबार दक्षिण कोरियामा हुने राष्ट्रपति ट्रम्प र सी जिनपिङबीचको भेटवार्ताले द्वन्द्व शान्त पार्ने अपेक्षा गरिएको छ ।

आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.० अन्तर्गत डिजिटल व्यापार, हरित अर्थतन्त्र, दिगोपन र साना–मध्यम उद्योगहरूको प्रवद्र्धनमा जोड दिइनेछ । यसले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्नेछ । तर दक्षिण चीन सागरमा विवाद झन् तातिएको छ । फिलिपिन्सका राष्ट्रपति मार्कोसले समुद्री क्षेत्रमा चीनको ‘खतरनाक कार्य र उत्पीडन’ प्रति गम्भीर चिन्ता जनाउँदै भने,‘समुद्री वातावरणको संरक्षणका नाममा कुनै पनि कदम सार्वभौमसत्तामाथि आक्रमण हुन सक्दैन ।’

मार्कोसले आगामी वर्ष आसियान अध्यक्षता सम्हाल्दै विवादित जल क्षेत्रमा आचारसंहिता निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए । यसबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुले फिलिपिन्समाथि ‘समुद्रमा उक्साहट र उल्लङ्घन’ गरेको आरोप लगाउँदै तनाव बढाएको दाबी गरे ।

विश्लेषक वेल्शले भने,‘दक्षिण चीन सागर विवादलाई क्षेत्रीय देशहरूले सुरक्षा विषयका रूपमा लिन्छन्, तर त्यसले चीनसँगको आर्थिक सम्बन्धमा ठूलो असर पार्ने सम्भावना कम छ ।’


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP