Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • उपराष्ट्रपति पद सन् २०२८ पछि प्रतिस्पर्धा नगर्ने ट्रम्पको घोषणा
उपराष्ट्रपति पद सन् २०२८ पछि प्रतिस्पर्धा नगर्ने ट्रम्पको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १०, २०८२

एयर फोर्स वन-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन् । यो घोषणा उनका केही समर्थकहरूले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझावहरू दिइरहेका बेला आएको हो ।

अमेरिकी संविधानले राष्ट्रपतिहरूलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका हुन्  । तथापि, उनका केही कानूनी सल्लाहकार र कट्टर समर्थकहरूले संवैधानिक सीमालाई बाइपास गर्ने उपायस्वरूप ट्रम्पले सन् २०२८ मा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्ने र पछि शीर्ष पदमा पुनः फर्कन सक्ने सुझाव दिएका थिए ।

तर एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ती अड्कलबाजीहरू अस्वीकार गर्दै भने, “मलाई थाहा छ, कानूनी रूपमा म त्यसो गर्न सक्ने थिएँ, तर म त्यसो गर्दिन । मलाई यो अहिलेको जस्तै सुन्दर र सही लाग्छ ।” सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरिसकेका ट्रम्पले प्रायः आफ्ना समर्थकहरूले संवैधानिक सीमाको बाबजुद उनलाई निरन्तर शासन गर्न आह्वान गरिरहेको विषयमा खुलेर बोल्दै आएका छन् । हालै उनले ओभल अफिसको कार्य टेबलमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी पनि प्रदर्शित गरेका थिए, जसले पुनः सत्ता वापसीको अड्कलबाजीलाई थप बल दिएको थियो ।

Hardik health

यसबीच, उनका समर्थकबीच फैलिएको एउटा लोकप्रिय धारणा अनुसार हालका उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्नुहुनेछ । यदि उनले जिते भने, केही समर्थकले उनले छिट्टै राजीनामा दिने र ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्काउने योजना रहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी उनका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख विचारक स्टिभ बेननले गरेको अभिव्यक्तिपछि आएको हो । बेननले हालै द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भनेका थिए, “ट्रम्पले तेस्रो कार्यकालका लागि तयारी गरिरहनुभएको छ । सन् २०२८ मा उहाँ फेरि राष्ट्रपति हुनुहुनेछ र मानिसहरूले त्यसको लागि तयार रहनुपर्छ ।”

संविधानको २२ औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको प्रसङ्ग उठाउँदा बेननले उत्तर दिएका थिए, “त्यहाँ धेरै फरक विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजनाबारे स्पष्ट रूपमा बताउनेछौँ ।”  राष्ट्रपति ट्रम्पको यो वक्तव्यले सन् २०२८ पछि अमेरिकाको राजनीतिक दिशाबारे भइरहेका अड्कलबाजीहरूमा नयाँ बहस थपेको छ । यद्यपि उहाँले स्वयंले भने आफ्नो वर्तमान कार्यकाललाई नै ‘अन्तिम र सन्तोषजनक’ बताएका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP