Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १०, २०८२

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन् । 

छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पगेका थिए । राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । 

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

Hardik health

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ । 

गुह्येश्वरीमा यस वर्ष विगत वर्षभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी निर्माण गरिएका छन् । एउटा छठघाटको  एक हजार ५०० रुपैयाँ शुल्क लिएर भक्तजनलाई उपलब्ध गराइएको छठ पूजा समितिका अनिल सिंहले जानकारी दिए ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका वर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पाँच पाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहीआएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु मंगलबार, पुस ८, २०८२
चितवनमा जंगल-सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न
चितवनमा जंगल-सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न मंगलबार, पुस ८, २०८२
‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन मंगलबार, पुस ८, २०८२
दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु
दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु मंगलबार, पुस ८, २०८२
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति मंगलबार, पुस ८, २०८२
सरकार लचक बन्न दलको दबाब
सरकार लचक बन्न दलको दबाब मंगलबार, पुस ८, २०८२
दलबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहे अयोग्य हुने
दलबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहे अयोग्य हुने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP