Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • सार्वभौम जनताको विशेषाधिकारसहितको शासन
सार्वभौम जनताको विशेषाधिकारसहितको शासन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २५, २०७७
Amar copy
Hardik health
समग्र नेपालको समृद्धिका लागि राजनीतिक व्यवस्थामा जनप्रभुत्व शासन प्रणाली supremacy system लागू हुनु पर्दछ । नेपालको सार्वभौम सत्ता राजकीय सत्ता र जनतामा निहित हुनु पर्दछ । राजकीय सत्ताले तर्जुमा गरेका नीतिगत दस्तावेजहरुलाई नेपाली जनताले सार्वभौम अधिकार प्रयोग गरी जनमत संग्रहद्वारा निर्णय दिन सक्ने व्यवस्था हुनु पर्दछ । यस प्रकारको शासन व्यवस्थालाई जनप्रभुत्व शासन व्यवस्था supremacy system भनिन्छ । supremacy व्यवस्था भनेका peoples primacy पनि हो । राष्ट्र राष्ट्रियता र राष्ट्रवादको पक्षमा जनताद्वारा अवलम्बन गरिने जन प्रभुत्व शासन supremacy system पूर्ण लोकतान्त्रिक व्यवस्थाको पर्याय शासन पद्धति हो । यो व्यवस्थामा नेताहरुको कनै पनि राजनीतिक अग्राधिकार सहितको स्वेच्छिक निर्णयाधिकार हुँदैन । नेताहरुलाई कानुनद्वारा दिएका सिमित अधिकारभन्दा माथि निर्णय गर्नु परेमा जनमतमा जानुपर्ने आवश्यकता रहन्छ । तसर्थ राष्ट्रिय महत्वका प्रस्तावित विषयहरुमा जनमतसंग्रहबाट निर्णय लिने व्यवस्था अवलबन हुन्छ । निश्चित अवधिभित्र एकीकृत र सूचीकृत गरिएका राष्ट्रिय महत्वका विषयहरुमा निश्चित अवधिमा जनमतसंग्रह हुने गर्दछ । जनताद्वारा, जनताका लागि देश र जनताको पक्षमा सहजकर्ताको भूमिकामा रहने गरी जनप्रभुत्वमा केन्द्रित राजनीतिक अधिकार निहित गरेको हुन्छ । त्यसकारण राष्ट्रिय महत्वको विषयमा नेताको मात्र अन्तिम स्वेच्छिक निर्णय गर्न सक्ने अधिकार स्थापित हँुदैन । जनताले शक्ति वितरण, शक्ति विभाजन र शक्ति पृथककीरणको सिद्धान्तबाट सञ्चालन हुने यो व्यवस्थाबाट पूर्ण लोकतान्त्रिक शासन व्यवस्थाको अनभूति गर्नेछन् । नेपालमा राजकीय विरासतसहितको हिन्दू राष्ट्र तथा जनप्रभुत्व शासन व्यवस्था प्रणालीअन्तर्गत देशलाई अग्रगामी दिशामा रुपान्तरण गरिनु पर्दछ । यसका लागि नेपालमा राजनीतिक व्यवस्थामा आवश्यकीय सुधार गरी नेपाल अधिराज्यको स्वतन्त्रता, स्वाधिनता र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्य शक्तिको स्रोत जनता हो भन्ने तथ्यलाई आत्मसात गर्दै, देशको अस्तित्व ऐतिहासिक स्वाभिमान राजकीय विरासतको महत्वलाई मनन् गर्दै, देशको राजकीय सत्ता र सार्वभौम अधिकार संविधानतः जनताको जनमत संग्रह बमोजिम प्रयोग हुने गरी, लोेक सम्मति अनुकूल जनप्रभुत्व शासन व्यवस्था संचालन गर्ने र राजनीतिक सामाजिक आर्थिक र सांस्कृतिक न्याय पाप्त गर्नका लागि आर्थिक समृद्धि, समानता र सामाजिक न्याय सुनिश्चित गरिनु पर्दछ । राजकीय शासन सत्तामा राजपरिषद््् मातहतको संवैधानिक राजसंस्था अन्तर्गत लोकतान्त्रिक मल्य र मान्यता, कानुनी राज्यको अवधारणा र लोक सम्मतिको व्यवस्था प्रणालीलाई आत्मसात् गर्दै, स्वतन्त्र एवं सक्षम न्याय पणाली स्थापना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित अग्रगामी राष्ट्रवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न अघि बढनु आवश्यक छ । नेपालको स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण कायम राख्न, स्वायत्तता र स्वशासनमा आधारितत लोक कल्याणकारी राज्यको स्थापना गर्न र सार्वभौम जनताको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक व्यवस्थाको परिवर्तनको आवश्यकता देखिन्छ । प्रत्येक नेपाली नागरिकको आधारभूत समान अधिकार संरक्षित गरी स्वतन्त्रता र समानताको आधारमा नेपाली जनताबीच राष्ट्रिय एकता कायम गरिनु पर्दछ । भ्रातृत्व, सहिष्णता सद्भावलाई अभिप्रेरित गर्दै विविधताको बीचमा सामाजिक एकता सामाजिक सांस्कृतिक एकता कायम हुनु पर्दछ । नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, प्रतिस्पर्धात्मक राजनीति, नेपालको शासन पद्धतिबाट दिगो सुख, शान्ति र समृद्धि विकास तथा सुशासन प्राप्त गर्न यो जनप्रभुत्व शासन व्यवस्था लागू हुनु पर्दछ । यस्ता राजनीतिक बनावटीयुक्त शब्दावलीलाई संविधानमा उद्धृत गरिए तापनि वास्तवमा नेपाली जनताले सडकमा प्रहरीको दमन र प्रतिरोधबाट झेल्दै बोल्न पाउने कथित अधिकारभन्दा अरु केही प्राप्त गर्न सकेनन् । त्यसकारण विगतमा देशभित्र देखा परेका अनेकौँ राजनीतिक समस्याहरुले देशको राष्ट्रियता र अखण्डतालाई नै धरापमा पारेको देखिन्छ । यसै सन्दर्भमा नेपालको नागरिकताको विषयमा नेपाली नागरिकताको विषयमा अन्य विदेशी मुलुकका नागरिकले कानुनी प्रक्रिया पूरा नगरी अनाधिकृत नागरिकता पाप्त गरेका मुद्दाहरु देखा परेका छन् । यसको जटिलताको विषयमा कुनै चासो र चिन्ता देखा परेको देखिँदैन । राजनीतिक स्वार्थका अगाडि देश हितविपरीत जे जस्तो निर्णय गरे तापनि त्यसबाट उत्पन्न भएको समस्याको समाधान भएको देखिँदैन । नेपालको कानुनले अमान्य गरेको नागरिकताको हकमा नेपालको नागरिकता समाप्तिको प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो व्यवस्था असमर्थ रहँदै आएको छ । समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । तर देशभित्रका राजनीतिक पहुँचवाला र आम जनताबीचको भेद्भावले गर्दा राज्य व्यवस्थामा शासनले नै भेदभाव र जनताप्रति उपेक्षित रहँदै आएको देखिन्छ । कनै पनि नागरिकहरुका बीच धर्म, वर्ण, लिंग, जातपाती वा वैचारिक अथवा वा ती मध्ये कनै कुराको भेद्भाव गरिने छैन, भनिए तापनि सामाजिक जनजीवनमा दलित र गैरदलित बीचको खाडललाई दलित कोटा स्थापित गरी राज्यले नै उपेक्षित गरिरहेको देखिन्छ । देशमा जातिपाती सम्प्रदायको आधारमा भन्दा आर्थिक र अशक्त व्यक्तिहरुलाई सामाजिक संरक्षण र विकासका लागि कानुनद्वारा विशेष व्यवस्था गरिनु पर्दछ । यसैगरी सबै नागरिकहरुलाई आधारभूत आवश्यकतामा व्यवस्था गरिएका सबै सुविधाहरु मौलिक हकको आधारमा प्रदान गरिनु पर्दछ । देशभित्र कुनै पनि जनताहरुले वेसहारा र निमुखा भएर बाँच्न नपरोस् भन्ने अभिप्रायबाट राज्यको तर्फबाट हरेक स्थानीय क्षेत्रमा योजनाहरु कार्यान्वयन हुनु पर्दछ । सबै नागरिकहरुले समान रुपमा सम्पत्ति आय आर्जन गर्न पाउने वातावरण तर्जुमा गरिनु पर्दछ । प्रत्येक नागरिकलाई योग्यता र क्षमताको आधारमा रोजगार प्रदान गरिनु पर्दछ । रोजगार व्यवस्थापन गर्न नेपालका नागरिकले सरकारको अनमतिबिना कुनै पनि विदेशमा सरकारी कामकाज वा रोजगारी गर्न नपाउने नीति अवलम्बन हुनु जरुरी छ । यद्यपि विदेशी नीजि कम्पनीहरुमा सरकारले तोकेको मापदण्ड र करार सुविधाअनुसार रोजगारमा जान सक्ने गरी रोजगार व्यवस्थापन गरिनु पर्दछ । यसैगरी नेपालका देखिएको खर्चिलो निर्वाचन प्रणालीलाई सरल र सस्तो खर्चबाट सम्पन्न गर्नका लागि निर्वाचन आयोगले आयोग मातहतको राजनीतिक कोषबाट संचालन हुने निर्वाचन सम्बन्धि आर्थिक आयव्यय नीति अवलम्व गर्नु पर्दछ । देशमा विद्युतीय मत प्रणालीबाट मात्र निर्वाचन गरिनु पर्दछ । देशको निर्वाचन प्रणालीलाई परिवर्तन गरी वालिग मताधिकार अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणाली प्रधानमन्त्री र सभामखको निर्वाचन गरिनु पर्दछ । राजनीतिक परिवेशमा जनप्रभुत्व शासन प्रणालीअन्तर्गत शासकीय स्वरुपको सन्दर्भमा नेपालको राजसंस्था अन्तर्गत राजाको अध्यक्षतामा राजपरिषद्््को गठन गरिनु पर्दछ । तत्पश्चात प्रतिनिधि सभाको साधारण बहुमतबाट राजपरिषद्््को अन्य उपाध्यक्षसहित युवराजधिराज, राष्ट्रपाल, सहराष्ट्रपाललगायत सदस्यहरुको पदाधिकारीको चयन गरिनु पर्दछ । सांसदहरुको बहुमतबाट राष्ट्रपाल र सहराष्ट्रपालको चयन गरिनु पर्दछ । यसैगरी व्यवस्थापिकामा नेपालमा दई सदनात्मक संसद हनेछ । एकसय एकाउन्न जनाको प्रतिनिधि सभा हुनेछ । साठी जनाको राष्ट्रिय सभा हुन सक्नेछ । नेपालको राजपरिषद्््ले देशको विशेष संकटकालको अवस्थामा मन्त्रिपरिषद््को सिफारिसमा राष्ट्रपालको कार्यालयमार्फत राजाबाट संकटकाल घोषणा गर्न सक्ने वयवस्था अवलम्वन गर्न सकिने छ । युद्ध महामारी वा कनै संकटकालमा मन्त्रिपरिषद््को सिफारिसमा राष्ट्रपालको कार्यालयमार्फत राजाबाट सेना परिचालन गर्न सक्ने व्यवस्था तर्जुमा गर्न सकिने छ । राजपरिषद्् अध्यक्षले जनमत संग्रहको पक्षमा आएको जनादेश स्वीकृत गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रम सम्बोधन गर्ने, विधेयक प्रमाणित गर्ने, सेनाको प्रधानसेनापति नियक्ति गर्ने, न्यायाधीश नियुक्ति र शपथग्रहण गर्न लगाउने यसैगरी हिन्दू राष्ट्र नेपालको सांस्कृतिक परम्पराको प्रतिनिधित्व गर्ने राजसंस्थाले धर्म कार्यहरुलाई राष्ट्राध्यक्षले गर्ने परम्पराहरुको पालना गर्न सक्नेछ । यसैगरी राष्ट्रपालद्वारा जनमत संग्रहबाट आएको जनादेशलाई सिफारिस गर्ने, राष्ट्रध्याक्षको समुस्थितिमा संवैधानिक आयोगका पदाधिकारीलाई बपथ खवाउने, राजदूतको ओहदापत्र गहण गर्ने र राष्ट्राध्यक्षमा हस्तान्तरण गर्ने अध्यादेशको अध्ययन गर्ने र राष्ट्राध्यक्षमा प्रमाणित गर्न सिफारिस गर्न सक्छ । राजपरिषद्् सदस्यले राजनीतिक सामाजिक आर्थिक र धार्मिक क्षेत्रमा राजपरिषद््लाई चाहेको कुराहरु सल्लाह सुझावहरु प्रदान गर्ने छन् । यसरी शक्ति वितरण गर्दै नेपालमा शासकीय स्वरुपको राजनीतिक समाधान निकाल्न सकिन्छ भन्ने आधारहरु छन् । नेपालको दिगो विकासका लागि राष्ट्रिय सल्लाहकार परिषद्् हुनु जरुरी छ । नेपालको प्राविधिक क्षेत्रलाई समेटेर छुट्टै राष्ट्रिय सल्लाहकार परिषद् ्स्थापना गरिनु पर्दछ । नेपालका हरेक क्षेत्रका विज्ञहरुलाई राष्ट्रको वौदिक सम्पत्तिको रुपमा ग्रहण गरी राष्ट्रिय सल्लाहकार परिषद् गठन गरिनु पर्दछ । यसैगरी लोककल्याण परिषद्मार्फत नागरिकहरुको सामाजिक सरक्षा र राहत वितरण गर्न समाज कल्याण परिषद्को गठन हुनु पर्दछ । जसमा नेपालको एउटा जनसूची सम्बन्धि प्रणाली व्यवस्था गरिनु पर्दछ । जसलाई नागरिक श्रेस्ता प्रणाली भनिन्छ । नेपाली नागरिकहरुको व्यक्तिगत विवरणलाई जन प्रणालीमा आधारित वैज्ञानिक अभिलेखीकरण गरी नागरिक श्रेस्ता प्रणालीको तर्जुमा गरिनु पर्दछ । कानुनद्वारा संरक्षण गरिन पर्ने नागरिहकरुलाई विशेष राहत र सुविधाहरु पदान गरिनु पर्दछ । हरेक नागरिहरुले समान रुपमा राज्यबाट राहत तथा सेवा सुविधा पाप्त गर्न पाउनु पर्दछ । राज्यबाट वितरण गरिने सबै सामाजिक सरक्षा र राहत यसैको आधारबाट वितरण हुनु पर्दछ । यसैगरी देशको जटिल परिस्थितिमा देखा परेको परराष्ट्र सम्बन्ध र कूटनीतिक कार्यशैली ज्यादै खतरानाक अवस्थाबाट गइरहकोे छ । यद्यपि देशको सामारिक परिस्थितिलाई मध्य नजर गरी असंलग्न परराष्ट्र नीति अवलम्बन गरिनु पर्दछ । नेपालको राष्ट्रिय स्वार्थ र देश हितका पक्षलाई आत्मसात् हुने गरी कूटनीतिक तवरबाट मैत्रिक सम्बन्ध र सम्झौता गरिनु पर्दछ । नेपालको कूटनीतिक आचरण र मर्यादालाई पालना गराउने गरी राज्य सञ्चालन गरिनु पर्दछ । तर नेपालका वर्तमान परिस्थितिमा देशको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पुग्ने गरी सहस्रााब्दी चुनौती रणनीतिजस्ता अमेरिकन योजनाहरुलाई नेपालमा कार्यान्वयन गरी देशभित्र र वाहिर सामरिक द्वन्द्व निम्ताउन सक्ने चलखेल भइरहेको देखिन्छ । यदि यसका कारण देशमा अकल्पनीय दुर्घटना भएमा यसको जिम्मेवार नेता हुन सक्ला तर देश अशान्तको मरुभूमिमा फस्न गइसकेको हुने छ । अतः विगतमा भएका र हुन सक्ने राजनीतिक घटनाक्रमले देखाएको देशको सम्प्रभुता र राष्ट्रिय असुरक्षा बढ्दै गएको अवस्थामा जनप्रभुत्व शासन व्यवस्था स्थापित गरी देशको राजनीतिक फोहर कसिंगरहरुलाई बढार्न आमजनताको जनशक्ति पुञ्जको निर्माण हनु जरुरी छ । अबको राजनीतिक कार्य दिशा यहि मार्गबाट अघि बढनु पर्दछ भन्ने संकेत दिइरहेको छ । (लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी नेता हुनुहुन्छ ।)
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP