Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • लुभ्र डकैतीपछि फ्रान्सका क्राउन ज्वेल्स विश्वप्रसिद्ध बन्‍ने सम्भावना
लुभ्र डकैतीपछि फ्रान्सका क्राउन ज्वेल्स विश्वप्रसिद्ध बन्‍ने सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ९, २०८२

एपी– लुभ्र डकैतीपछि फ्रान्सका क्राउन ज्वेल्स विश्वप्रसिद्ध बन्ने सम्भावना रहेको छ । लुभ्रमाथिको १० करोड डलरको डकैतीले फ्रान्सको लामो समयदेखि छायामा रहेका क्राउन ज्वेल्सलाई विश्वव्यापी चर्चामा ल्याएको हो । 

देश अझै पनि आफ्नो राष्ट्रिय सम्पदामाथिको यो गम्भीर उल्लंघनबाट आहत छ, तर विरोधाभास यसमा छ—चोरीले नै ती गहनालाई मोनालिसाजस्तै विश्वप्रसिद्ध बनाउन सक्ने सम्भावना जन्माएको छ । सन् १९११ मा लियोनार्दो दा भिन्चीको मोनालिसा चोरी हुँदा जस्तै यो अपराधले पनि गुमेका वस्तुहरूलाई इतिहासको केन्द्रमा ल्याएको छ । त्यतिबेला चोरीको समाचारले संसारभर हलचल मच्चाएको थियो र जब चित्र दुई वर्षपछि फिर्ता आयो यसको ख्यातिले सम्पूर्ण लुभ्रलाई ओझेलमा पार्‍यो ।

पेरिसकी कला इतिहासकार अन्या फायरस्टोनले भने,‘यस डकैतीले अपोलो ग्यालरी र बाँकी गहनाहरूमा नयाँ प्रकाश पारेको छ । सम्भवतः यी गहनाले पनि मोनालिसाजस्तै अमर प्रसिद्धि प्राप्त गर्नेछन् ।’ उनले डकैतीको अघिल्लो दिन ग्यालरीको भ्रमण गर्दा सुरक्षा अपर्याप्त रहेको महसुस गरेको बताए । डकैतीले विश्वभरको मिडियामा विद्युतीय प्रभाव पारेको छ । अमेरिकादेखि एसिया र ल्याटिन अमेरिकासम्मका टेलिभिजनहरूमा लुभ्र र हराएका गहनाहरू प्रमुख समाचार बनेका छन् । केहीले यसलाई बियोन्से र जे–जेडको २०१८ को ‘एपेसिट’ भिडियोपछि लुभ्रमाथि आएको सबैभन्दा ठूलो प्रचार भनेका छन् ।

Hardik health

फ्रान्सका क्राउन ज्वेल्स ब्रिटिश राजपरिवारका गहनाजस्तै लोकप्रिय हुन सकेका थिएनन् । तर यो डकैतीले सन्तुलन बदल्न सक्छ । अब बचेकामध्ये महारानी युजेनीको एक हजार ३०० हीराले जडित पन्ना–सेट मुकुट नै प्रमुख आकर्षण बन्ने सम्भावना छ । ‘म यस मुकुटबारे पहिले कहिल्यै सुनेको थिइनँ’, स्पेनका आगन्तुक माटियो रुइजले भने,‘अब यो नै पहिलो कुरा हो जुन म हेर्न चाहन्छु ।’

डकैतीमा हराएका गहनामध्ये केही पुनः प्राप्त गरिएका छन्, तर अधिकारीहरूले तीव्र गोपनीयता अपनाएका छन् । यद्यपि लुभ्र फेरि पर्यटकहरूले खचाखच भरिएको छ । डकैती अघि नै दैनिक ३३ हजार आगन्तुक आउँथे र अहिले झन् बढी भीड बढेको छ । यी गहनाहरू केवल धातु र ढुङ्गाका टुक्रा होइनन्, बर्बन राजतन्त्रदेखि नेपोलियन र आधुनिक गणतन्त्रसम्मको यात्राको चम्किलो साक्षीका रूपमा फ्रान्सको इतिहासका प्रतीक हुन् । फायरस्टोनका शब्दमा,‘यी गहनाहरू लुभ्रको अन्तिम शाही शब्द हुन्-राजाहरूको उज्यालो प्रतिध्वनि ।’

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई ‘अतुलनीय सम्पदाको क्षति’ भनेका छन् । धेरैले भने सुरक्षामा भयावह कमजोरी देखाएका छन् । पेरिसकी स्थानीय नादिया बेन्यामिनले भने,‘दिनको उज्यालोमा मुट्ठीभर मानिसले यस्तो डकैती गर्न सक्नु अस्वीकार्य हो ।’अन्वेषकहरूका अनुसार चोरहरूले भवनको सेन–तफैको भागबाट चढेर झ्याल तोडे, दुईवटा डिस्प्ले केस भाँचेर केही मिनेटमै मोटरसाइकलमा भागे । लुभ्रका निर्देशक लरेन्स डेस कार्सले ‘भयानक असफलता’ स्वीकार गर्दै राजीनामाको प्रस्ताव राखे तर संस्कृति मन्त्रीले अस्वीकार गरे ।

अब लुभ्रमा मानिसहरू गुमेको हेर्न आउँछन्-रिक्त ठाउँ र कथाको आकर्षणले तानेर । ‘मानिसहरू स्तब्ध छन्, तर जिज्ञासु पनि’, विद्यार्थी टोबियास क्लेनले भने । कलाकार रोज गुयेनले भने,‘यी गहना अहिले हराएका छन्, तर तिनीहरू फिर्ता हुने आशा कहिल्यै हराउँदैन-मोनालिसाजस्तै ।’

फायरस्टोनले भने,‘ख्यातिको विचित्र अर्थतन्त्रमा नराम्रो समाचारले पनि ध्यान ल्याउँछ र ध्यानले वस्तुलाई प्रतीक बनाउँछ । यही लुभ्रको नयाँ नियति हुन सक्छ ।’ 


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP