Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ९, २०८२

एपी– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् । राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने,‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।’

 कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए । क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो । 

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ । ट्रम्प मलेसियाको राजधानीमा ०२ः०० जिएमटी तिर आइपुगे । उनले स्थानीय कलाकारहरूसँग आफ्नो प्रसिद्ध अभियान शैलीमा नृत्य प्रदर्शन गरे र अमेरिकी तथा मलेसियाली झण्डा एकसाथ फहराए । भोलिपल्ट उनले मलेसियासँग व्यापार र महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

Hardik health

विशेषतः प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न संयुक्त राज्य अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । यसपालि कार्यक्रममा उहाँले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका  छन् ।

थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए ।     यो पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो ।  त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गरे । ‘ट्रम्पको करको कार्ड निर्णायक साबित भयो । सायद यही मुख्य कारण थियो जसले दुवै देशलाई तुरुन्तै युद्धविराममा सहमत गरायो’, नोम पेन्हस्थित फ्युचर फोरम थिङ्क ट्याङ्कका अध्यक्ष ओउ विराकले भने,‘यो समारोह ट्रम्पका लागि ठूलो कूटनीतिक क्षण हो—उहाँ अब युद्ध र द्वन्द्व अन्त्य गर्ने शान्तिदूतका रूपमा प्रस्तुत भइरहनुभएको छ, जसले सम्भवतः उहाँलाई नोबेल शान्ति पुरस्कारका दावेदारका रूपमा बलियो बनाउँछ ।’

ट्रम्पले हालै लगातार विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आफूले ‘शान्ति स्थापनामा सहयोग गरेको’ दाबी गर्दै आएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियान शिखर सम्मेलनमा प्रारम्भिक सम्बोधनका क्रममा थाइल्यान्ड–कम्बोडिया सम्झौताप्रति प्रशंसा व्यक्त गर्दै भने,‘यो सम्झौताले मेलमिलाप कुनै कमजोरी होइन, यो त साहसको प्रमाण हो भन्ने बारे हामी सबैलाई सम्झाउँछ ।’

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज बालानकुराले शनिबार भएको सम्झौतालाई ‘संयुक्त घोषणा’ का रूपमा वर्णन गर्दै भने,‘यो थाइल्यान्ड र कम्बोडियाले आफ्ना सम्बन्धलाई नयाँ ढङ्गले पुनःनिर्माण गर्न प्रतिबद्ध रहेको सङ्केत हो । काम भर्खरै सुरु भएको छ, अन्त्य होइन ।’

यसैबीच, ट्रम्पको यो भ्रमणमा शुल्क नीति र व्यापार विवादहरू पनि केन्द्रमा रहेका छन् । क्वालालम्पुरमा रहँदा उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गर्ने अपेक्षा छ, तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट नहुने जनाइएको छ ।

क्यानाडाले प्रसारण गरेको टेलिभिजन विज्ञापनले आफ्नो कर ट्यारिफ नीतिको विरोध गरेपछि अमेरिकी राष्ट्रपति क्यानाडासँग असन्तुष्ट रहेका छन् । ट्रम्पले त्यसकै प्रतिक्रियामा हालै क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर बढाउने घोषणा गरेका थिए ।

उनको भ्रमणमा अर्को प्रमुख विषय चीनसँगको व्यापार सम्बन्ध हो । एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दक्षिण कोरियामा हुने सी जिनपिङसँगको सम्भावित भेट ‘उपलब्धिपूर्ण हुने आशा’ व्यक्त गरे । उनले फेन्टानिल तस्करी नियन्त्रण र अमेरिकी किसानहरूको हितमा सोयाबिन बिक्री विस्तारलाई प्राथमिकतामा राख्ने बताए । उनले भने,‘हामीसँग ठूलो र समावेशी सम्झौता गर्ने राम्रो अवसर छ । म अमेरिकी किसानहरूको हितको रक्षा गर्न चाहन्छु र सी पनि आफ्नो देशका लागि केही चाहनु हुन्छ ।’

तथापि, वासिङ्टन छोडेपछि ट्रम्पका आर्थिक सम्झौताहरूका विशिष्ट विवरणहरू अझै सार्वजनिक भएका छैनन् । यसले दीर्घकालीन व्यापारिक समस्याहरू वास्तवमै समाधान हुने वा केवल राजनीतिक प्रदर्शनमा सीमित रहने भन्ने प्रश्न खुला छ । उनले भ्रमणका क्रममा जापान र दक्षिण कोरियासँग दीर्घकालीन व्यापार सम्झौतामा अन्तिम रूप दिन सकिने आशा व्यक्त गर्ने भएका छन् । ‘हामीसँग धेरै देशसँग उत्कृष्ट सम्झौता भएका छन्,’ उनले हाँस्दै भने । 

यस वर्षको क्वालालम्पुर शिखर सम्मेलनमा अनुपस्थित प्रमुख नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग घनिष्ठ सम्बन्ध रहेका मोदी र अमेरिकी नेताबीच हाल सम्बन्ध केही तनावपूर्ण बनेका छन् । ट्रम्पले भारत–पाकिस्तानबीचको हालको द्वन्द्व समाधान गरेको दाबी गर्दै रुसी तेल खरिदका कारण भारतमाथि कर बढाएकोमा घमण्ड गरेपछि दुई नेताबीच असहजता देखिएको बताइन्छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP