Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
समाचार
  • Home
  • समाचार
  • छठपूजाका लागि झापाका नदी किनार सजाइए
छठपूजाका लागि झापाका नदी किनार सजाइए
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ९, २०८२

झापा–  छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष संगीता रौनियारले बताए ।

उनका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले कनकाईको बिरिङ नदी किनारमा सजाइएका घाटमा पूजा गर्ने तयारी भएको छ । ‘विर्तामोड, चारपाने, दुर्गापुर र लक्ष्मीपुरका छठ पूजा गर्नेहरूका लागि हामीले कनकाईको बिरिङमा सम्पूर्ण तयारी पूरा गरेका छौँ’, उनले भने,‘यो सांस्कृतिक पर्वलाई भव्य रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग हुने अपेक्षा राखेका छौँ ।’

कनकाईको बिरिङ घाटमा एक सय ७५ भन्दा बढी मण्डप निर्माण गरिएका छन् । सोही अवसरमा हजारौँको भीड लाग्ने र विशेष कार्यक्रमसमेत आयोजना हुने भएकाले छठ सेवा समितिले स्वयंसेवक, अर्थलगायतका विभिन्न उपसमिति गठन गरेको उहाँले जानकारी दिए ।  

Hardik health

यसैगरी, भद्रपुर र काँकडभिट्टास्थित मेची नदी किनारमा छठ पूजाका लागि विशेष तयारी भएको छ । भद्रपुर–५ स्थित मेची नदीको दुवै किनारमा हुने छठ पूजामा विगतमा जिल्लाकै सबैभन्दा धेरै भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको थियो ।

विर्तामोडको अदुवा खोला, कन्काई नदी, धुलाबारीको निन्दा, अर्जुनधाराको टाङटिङलगायत दर्जनौँ खोला तथा नदीमा छठ पूजाको तयारी गरिएको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिकामा यही उपलक्ष्यमा धार्मिक मेलाको आयोजना गरिएको छ । झापा गाउँपालिकाको वडा नं २ स्थित सानोमाई नदीमा कात्तिक ९, १० र ११ गते धार्मिक मेला लाग्ने झापाली युवा क्लबका अध्यक्ष समीलाल राजवंशीले बताए ।

धार्मिक मेला र पूजालाई व्यवस्थित बनाउन उनको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । सानो माई नदी किनारमा छठको अवसर पारेर विगत केही वर्षदेखि धार्मिक मेला लाग्न थालेको उनले बताए । विशेषगरी तराईवासीले मनाउने छठपर्व हिजोआज अन्य समुदायले समेत उल्लासपूर्वक मनाउने गरेको पाइएको छ ।

ठेकुवालगायत पीठोबाट बनाइएका प्रसादहरूसँगै केराको घरी, माटोको हात्ती, कलशसहित पूजा सामग्री बोकेर बर्तालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा गर्ने र मंगलबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने झापाली युवा क्लबका अध्यक्ष राजवंशीले बताए ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्तिक शुक्ल पञ्चमीः छठका बर्तालु बसे निर्जल उपवास
कार्तिक शुक्ल पञ्चमीः छठका बर्तालु बसे निर्जल उपवास आइतबार, कात्तिक ९, २०८२
पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा 
पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा  आइतबार, कात्तिक ९, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै आइतबार, कात्तिक ९, २०८२
तालतलैयामा पाहुना चराको चहलपहल
तालतलैयामा पाहुना चराको चहलपहल आइतबार, कात्तिक ९, २०८२
चाडपर्वमा  सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा
चाडपर्वमा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा शुक्रबार, कात्तिक ७, २०८२
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP