Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, कात्तिक ९, २०८२

 

  • दुर्गा प्रसाईं र राजतन्त्रपक्षधर जेन–जी समूह व्यवस्था परिवर्तनको एजेण्डासहित आन्दोलनको तयारीमा
  • कार्की सरकार ढाल्ने चेतावनी, १६ कात्तिकदेखि आन्दोलन गर्ने घोषणा 
  • नेकपा एमाले प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित आन्दोलनमा जाने
  • अन्य केही जेन–जी समूह पनि आन्दोलनउन्मुख 


जसका पनि राजनीतिक मागहरू छन् भने सरकारले संवादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब संवादमा ‘इन्गेज’ हुनुपर्‍यो । सडकमा जानेहरूलाई सरकारले सम्वादका लागि अपिल गरेको हो ।
ओमप्रकाश अर्याल
गृहमन्त्री


काठमाडौं– जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको डेढ महिना नबित्दै देश फेरि आन्दोलनको भुमरीमा फस्ने देखिएको छ । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन घोषणा भए पनि चुनावी माहोल बनाउन सरकारलाई सकस परिरहेको अवस्थाबीच मुलुकले बहुपक्षीय आन्दोलनको सामना गर्नुपर्ने देखिएको हो ।

आन्दोलन गर्न सडकमा ओर्लिन लागेको एउटा समूह दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानले सरकार ढाल्नेमात्रै नभएर राजनीतिक व्यवस्था परिवर्तनसम्मको एजेण्डा अघि सारेको छ । समूहले देशमा हिन्दूराष्ट्र पुनस्र्थापना र २०४७ सालको संविधानलाई ब्युँताउने एजेण्डा अघि सारेको हो । उक्त संविधानले संवैधानिक राजतन्त्रात्मक व्यवस्थालाई अंगीकार गरेको थियो । यतिबेला विवादित मेडिकल व्यवसायी प्रसाईंले ३५ वर्षअघिको सोही संविधान ब्युँताउने भनेर देशलाई राजतन्त्रात्मक व्यवस्थातिर लान आन्दोलन गर्न लागेका छन् ।

Hardik health

आन्दोलनमा समर्थन जुटाउन उनले साना ऋणीको ऋण मिनाहा, सेना–प्रहरीको तलब एक लाख पु¥याउनेजस्ता नारा अघि सारेका छन् । उनको समूहले यही १६ कात्तिकदेखि आन्दोलन गर्ने उद्घोष गरेको छ । आन्दोलन अनिश्चितकालीन हुने पनि जनाएको छ । प्रसाईं गत वर्षको १५ चैतमा राजतन्त्रपक्षधरले गरेको हिंसात्मक प्रदर्शनको कमाण्डर थिए । त्यसपछि पक्राउ परेका उनी केही महिनाअघि मात्रै धरौटीमा रिहा भएका हुन् । जेन–जी विद्रोहपछि उनलाई सैनिक मुख्यालय जंगी अड्डाले ‘स्टेक होल्डर’ मानेको थियो । उनै प्रसाईंले २७ भदौमा कार्की प्रधानमन्त्री नियुक्त भएपछि असन्तुष्टि पोख्दै सरकार ढाल्ने सार्वजनिकरूपमै चेतावनी दिँदै आन्दोलन गर्ने भएका हुन् ।

राजतन्त्रपक्षधर जेन–जी समूह पनि प्रसाईंले अघि सारेका एजेण्डासहित आन्दोलनमा जाने भएको छ । आन्दोलनमा प्रसाईं समूहसँग सहकार्य गर्नेबारे राजतन्त्रपक्षधर जेन–जीका अगुवा दाबी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य रविकिरण हमालले शनिबार बिहान छलफल गरेका छन् । छलफलपछि हमालले दुवै समूह देशलाई पुनः हिन्दूराष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान ब्युँताउनुपर्ने र संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने जस्ता सवालमा एकमत भएको बताए ।

यता, जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमाले भने प्रतिनिधिसभा पुनस्र्थापनाको एजेण्डा लिएर सडकमा जाने भएको छ । गत असोज २९–३१ गतेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा चुनावमा सहभागी हुने भन्दा पनि पुनस्र्थापनाको पक्षमा उभिने निर्णय लिएको थियो । गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री कार्कीसमेत सम्मिलित सर्वदलीय बैठकमासमेत एमालेले सोही अडान दोहो¥याएको थियो । त्यही दिन निवर्तमान प्रधानमन्त्री ओलीले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र पुनस्र्थापनाका लागि सडक संघर्षमा जाने चेतावनी दिए ।

यसरी विभिन्न पक्ष सडक प्रदर्शनमा आउन लाग्दा परिस्थिति जटिल बन्न सक्ने आकलन सरकारले गरेको छ । यहीबीच शनिबार प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की बालुवाटारमा पछिल्लो परिस्थिति र आगामी चुनावको सुरक्षाबारे छलफलमा जुटे । 

छलफलपछि सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका दल र समूहलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न आह्वान गरेको छ । गृहमन्त्री अर्यालले संवादमार्फत राजनीतिक दलहरूको माग सुनुवाइ सरकारले गर्ने प्रतिबद्धतासमेत जनाए । त्यसो हुँदा अब सडक प्रदर्शन आवश्यक नभएको बताए ।

‘सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन् हुनु पनि भएन,’ गृहमन्त्री अर्यालले छलफलपछि पत्रकारहरूसँग भने, ‘सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु पनि भएन । निजी सम्पत्तिमा क्षति पुर्‍याउनु पनि भएन । कहीँकतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ ।’

प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले सडक आन्दोलनले निम्त्याउने चुनौतीबारे ‘ब्रिफिङ’ गर्दै सुरक्षा विश्लेषण सुनाएका थिए । त्यसमध्ये प्रहरी प्रमुख खापुङले सडक आन्दोलनको अग्रमोर्चामा खटिने प्रहरीसँग जेन–जी आन्दोलनपछि हातहतियार, गाडी र मोटरसाइकलको अभाव भएको बताएका थिए । यस्तोबेला सडक प्रदर्शन गर्न दिनु सुरक्षाको दृष्टिले चुनौतीपूर्ण हुने उनको विश्लेषण थियो । प्रधानसेनापति सिग्देल, सशस्त्र प्रहरी प्रमुख अर्याल र अनुसन्धान विभाग प्रमुख कार्कीले पनि विभिन्न समूहलाई सडक प्रदर्शन गर्न दिनुभन्दा राजनीतिक संवादमा बोलाउनुपर्ने सुझाएका थिए ।

उनीहरूको राय सुझावकै आधारमा आन्दोलनको मिति नै घोषणा गरेका र आन्दोलन गर्ने चेतावनी दिएका दल र समूहलाई संवादमा आउन सरकारले शनिबार अपिल गरेको हो । गृहमन्त्री अर्यालले भने, ‘जसका पनि राजनीतिक मागहरू छन् भने सरकारले संवादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब संवादमा इन्गेज हुनुप¥यो । अब सडकमा जानेहरूलाई सरकारले सम्वादका लागि अपिल गरेको हो ।’

उसो त सरकारविरुद्ध जेन–जी विद्रोहका घाइतेहरू आन्दोलनमै छन् । उनीहरू कहिले माइतीघर त कहिले सिंहदरबारको गेटमा धर्ना दिन पुग्छन् । जेन–जी विद्रोहको मूल एजेण्डाविपरीत सरकार चलेको उनीहरूको आरोप छ । मिराज ढुंगाना नेतृत्वको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन सुनिश्चितता मागेको छ । होइन भने घोषित प्रतिनिधिसभा चुनाव बहिष्कार गर्ने र सरकारविरुद्ध आन्दोलित हुने चेतावनी दिएको छ ।

जेन–जी विद्रोह ‘हाइज्याक’ गरेको आरोप लागेका सुधन गुरुङको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर २३ भदौको जेन–जी आन्दोलनमा बल प्रयोग गरेको घटनामा जिम्मेवार बनाउन सरकारमाथि दबाब बढाउँदै लगेको छ । एमालेले भने प्रतिवाद गर्ने चेतावनी दिएको छ । यसरी कार्की सरकार चौतर्फी दबाबमा परेको छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP