काठमाडौं - जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनमा शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि प्रदर्शनमार्फत् खबरदारी गरेका छन् । ‘शहीदहरुको रगत नबिर्स’, देशका घाउहरु हाम्रो जिम्मेवारी लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् ।