Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ३, २०८२

वर्ष २०८२ को तिहार घरघरमा भित्रिइसकेको छ । तिहारलाई फूल र उज्यालोको पर्वका रुपमा लिइन्छ । त्यसो त तिहार दिदीबहिनी–दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रुपमा हेरिन्छ । तर, यस अवसरमा काग, कुकुर, गाई, गोरुजस्ता पक्षी र जनवारलाई पनि सन्देशवाहकका रुपमा पुजिन्छ । यतिमात्र हैन, यो पर्वमा धनकी देवी लक्ष्मीलाई समेत विशेष महत्‍वका साथ पूजा गर्ने गरिन्छ ।

कृषि क्षेत्रमा लागेका किसानहरु यतिबेला खेतीबाली भित्र्याउन व्यस्त छन् । प्रायः तिहार यसै मौसममा पर्छ । यसैले पनि किसानहरु आफ्नो धानको भकारीदेखि भाडावर्तनमा पनि पूजा गर्छन् । घर सरसफाइदेखि विभिन्न अमूल्य वस्तुको पूजा पनि यही पर्वमा गरिन्छ । सामाजिकरुपमा छिमेकसँग सौहाद्र्रपूर्ण वातावरण बनाउन देउसीभैलो खेल्ने गरिन्छ । समाजका व्यक्तिहरु जम्मा भएर एकअर्काको घर घुम्दै गाउँदै देउसीभैलो खेल्दा पारस्परिक सम्बन्धहरु बलियो हुँदै जाने र बिग्रेका सम्बन्धहरुमा सुधार पनि आउँछ ।

यो पर्वको अन्तिम दिन भाइटीका हो । जसलाई दाजुभाइको स्वास्थ्यसँगसमेत जोडिने गरिन्छ । कन्दमुल र फलफूल उपहार दिएर दाजुभाइलाई दीर्घायुको कामना गरी यो पर्व मनाउने गरिन्छ । मखमली फूलको माला लगाएर कहिले नओइलिउन् भन्ने शुभकामना दिइन्छ । अनि सप्तरंगी टीका लगाएर आशीर्वाद आदानप्रदान गरिन्छ । तर, पछिल्ला दिनहरुमा भाइटीका मसला, माला, टीकामा मिसावटयुक्त सामग्री छ्याप्छ्याप्ती भेटिन थालेका छन् । यसले दाजुभाइको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले पनि दीर्घायुका कामना गरिने यो पर्वमा दिदीबहिनीले ख्याल गर्नुपर्ने विषय बनेको छ स्वस्थ्यवद्र्धक खानेकुरा । यसैगरी बजारिया सरसामान, धनतेरसको नाममा महँगा धातुहरु किन्ने परम्परा बढ्दो छ । मौलिक परम्परामा यस खालका देखासिकी पर्दैनन् । त्यसैले पनि यस्ता खाले देखासिकी र मौलिकपनलाई नास्ने विषयलाई बढावा दिनहुन्न ।

Hardik health

नेपाली मौलिक पन झल्कने उज्यालो, खुसी अनि थप धन आर्जन गर्ने आशीर्वाद लिने पर्वलाई देखावटीको पर्व बनाउन हुन्न । धन र मन जोडिने यो पर्वको अवसरमा यसपटकको मौसम निकै राम्रो पनि छ । भर्खरैको जेन–जी आन्दोलनपछि देशको राजनीति फेरि अन्योलतामा फसेको छ । यसका बाबजुद पनि विश्वभरका नेपालीहरु पर्व मनाउन जुटिसकेका छन् । तिहारसँगै नेवार समुदायले नेपाल सम्वत् पनि मनाइँदै छ । आफ्नो शरीरको आफैंले पूजा गरेर मनाइने म्हपूजाको छुट्टै मौलिकता र महत्‍व रहेको छ । यी पर्वहरुले मुलुकको राजनीतिमा पनि सद्भाव र स्थिरता ल्याओस् । हाम्रा पाठक, शुभेच्छुक, विज्ञापानदातालगायत सम्पूर्ण नेपालीहरुमा तिहार र नेपाल सम्वत्को हार्दिक शुभकामना ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP