Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ३, २०८२

वर्ष २०८२ को तिहार घरघरमा भित्रिइसकेको छ । तिहारलाई फूल र उज्यालोको पर्वका रुपमा लिइन्छ । त्यसो त तिहार दिदीबहिनी–दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रुपमा हेरिन्छ । तर, यस अवसरमा काग, कुकुर, गाई, गोरुजस्ता पक्षी र जनवारलाई पनि सन्देशवाहकका रुपमा पुजिन्छ । यतिमात्र हैन, यो पर्वमा धनकी देवी लक्ष्मीलाई समेत विशेष महत्‍वका साथ पूजा गर्ने गरिन्छ ।

कृषि क्षेत्रमा लागेका किसानहरु यतिबेला खेतीबाली भित्र्याउन व्यस्त छन् । प्रायः तिहार यसै मौसममा पर्छ । यसैले पनि किसानहरु आफ्नो धानको भकारीदेखि भाडावर्तनमा पनि पूजा गर्छन् । घर सरसफाइदेखि विभिन्न अमूल्य वस्तुको पूजा पनि यही पर्वमा गरिन्छ । सामाजिकरुपमा छिमेकसँग सौहाद्र्रपूर्ण वातावरण बनाउन देउसीभैलो खेल्ने गरिन्छ । समाजका व्यक्तिहरु जम्मा भएर एकअर्काको घर घुम्दै गाउँदै देउसीभैलो खेल्दा पारस्परिक सम्बन्धहरु बलियो हुँदै जाने र बिग्रेका सम्बन्धहरुमा सुधार पनि आउँछ ।

यो पर्वको अन्तिम दिन भाइटीका हो । जसलाई दाजुभाइको स्वास्थ्यसँगसमेत जोडिने गरिन्छ । कन्दमुल र फलफूल उपहार दिएर दाजुभाइलाई दीर्घायुको कामना गरी यो पर्व मनाउने गरिन्छ । मखमली फूलको माला लगाएर कहिले नओइलिउन् भन्ने शुभकामना दिइन्छ । अनि सप्तरंगी टीका लगाएर आशीर्वाद आदानप्रदान गरिन्छ । तर, पछिल्ला दिनहरुमा भाइटीका मसला, माला, टीकामा मिसावटयुक्त सामग्री छ्याप्छ्याप्ती भेटिन थालेका छन् । यसले दाजुभाइको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले पनि दीर्घायुका कामना गरिने यो पर्वमा दिदीबहिनीले ख्याल गर्नुपर्ने विषय बनेको छ स्वस्थ्यवद्र्धक खानेकुरा । यसैगरी बजारिया सरसामान, धनतेरसको नाममा महँगा धातुहरु किन्ने परम्परा बढ्दो छ । मौलिक परम्परामा यस खालका देखासिकी पर्दैनन् । त्यसैले पनि यस्ता खाले देखासिकी र मौलिकपनलाई नास्ने विषयलाई बढावा दिनहुन्न ।

Hardik health

नेपाली मौलिक पन झल्कने उज्यालो, खुसी अनि थप धन आर्जन गर्ने आशीर्वाद लिने पर्वलाई देखावटीको पर्व बनाउन हुन्न । धन र मन जोडिने यो पर्वको अवसरमा यसपटकको मौसम निकै राम्रो पनि छ । भर्खरैको जेन–जी आन्दोलनपछि देशको राजनीति फेरि अन्योलतामा फसेको छ । यसका बाबजुद पनि विश्वभरका नेपालीहरु पर्व मनाउन जुटिसकेका छन् । तिहारसँगै नेवार समुदायले नेपाल सम्वत् पनि मनाइँदै छ । आफ्नो शरीरको आफैंले पूजा गरेर मनाइने म्हपूजाको छुट्टै मौलिकता र महत्‍व रहेको छ । यी पर्वहरुले मुलुकको राजनीतिमा पनि सद्भाव र स्थिरता ल्याओस् । हाम्रा पाठक, शुभेच्छुक, विज्ञापानदातालगायत सम्पूर्ण नेपालीहरुमा तिहार र नेपाल सम्वत्को हार्दिक शुभकामना ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP