Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरेको घर मकवानपुरको मनहरी गाउँपालिका  ९ की मिठुमाया सुनारलाई हस्तान्तरण गरेका छन् । आज यहाँ एक कार्यक्रम आयोजना गरी उनले घरको साँचो हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गरे । उनीहरूलाई सम्मानजनक जीवनयापन गराउन, विकासको पूर्वाधारणलाई पारदर्शी बनाउँदैती वर्गलाई उपलब्ध गराउने उद्देश्यले आफू राजनीतिमा होमिएको उनको भनाइ छ । 

मुख्यमन्त्री बानियाँले सरकारले प्रदेशका १३ जिल्लामा क्रमशः  दश लाख रुपैयाँ भन्दामाथिका विभिन्न टुक्रे आयोजनालाई अब ठेक्का प्रणालीबाट निर्माण गर्ने नीति तर्जुमा गरिसकेको जनाए ।  मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको दुर्गम भेगमा बसोबास गर्ने विपन्न नागरिकलाई खानेपानीको धारा वितरण गर्नुका साथै अति विपन्न, दलित, आदिवासी, जनजाति र चेपाङलाई आवश्यकताअनुसार आयआर्जनका लागि मौसमी तरकारी, चिउरीखेती लगाउन आर्थिक सहयोग उपलब्ध गरेको जानकारी दिए ।

Hardik health

घरको साँचो लिँदै सुनारले पतिको केही वर्षअघि निधन भएको बताउँदै एकमात्र छोरा पनि अपाङ्गताका कारण बेसाहरा भएको उल्लेख गर्नुभयो । सुनारको घर पानी चुहिने, झुप्रो भएकाले स्थानीयले मुख्यमन्त्री बानियाँलाई जानकारी दिएपछि उनले आफ्नो निजी खर्चमा घर बनाइदिएको मुख्यमन्त्रीको प्रेस संयोजक सुजन बिडारीले जानकारी दिए ।  
 
मुख्यमन्त्री बानियाँको सेवासुविधाबाट प्राप्त रकममध्ये  चार लाख रुपैयाँको लागतमा तीन कोठा, शौचालय र नुहाउने कोठासहितको घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कालाखेती जानकारी दिए । मुख्यमन्त्रीको खर्चमा राक्सीराङ गाउँपालिका ९ इन्द्रदङका सुमन सिं चेपाङ प्रजाका लागि निमार्णाधीन घर अहिले द्रुतगतिमा काम भइरहेको बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले बताए । यही कात्तिकको अन्तिम सातासम्ममा प्रजालाई सो घर हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिए ।

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरमा आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल हायु, वनकरियालगायत अति विपन्न समुदायका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्ने विषयलाई उच्च प्राथामिकतामा राखिएको बागमती प्रदेश सामाजिक मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै आइतबार, कात्तिक २, २०८२
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था आइतबार, कात्तिक २, २०८२
रुपा तालमा माछाको उत्पादन घट्यो
रुपा तालमा माछाको उत्पादन घट्यो आइतबार, कात्तिक २, २०८२
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको सनाखत
कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको सनाखत आइतबार, कात्तिक २, २०८२
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP