Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विश्व
  • Home
  • विश्व
  • बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्
बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

एएफपी- भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा-एकै सिनेमाघरमा लगातार ३० वर्ष-पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । 

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज पनि मुम्बईको मराठा मन्दिर थिएटरमा दैनिक प्रदर्शन भइरहेको छ । त्यहाँ हरेक बिहान ११ः३० बजे दर्शकहरूको उत्साह कहिल्यै घटेको छैन ।६० वर्षीय मोहम्मद शाकिरले मुस्कुराउँदै भने,‘मैले यो चलचित्र झन्डै ३) पटक हेरेको छु... अझै पनि हेर्छु ।’केवल ४० रुपैयाँ (करिब ०.४५ अमेरिकी डलर) तिरेर टिकट किन्न आउने उहाँ जस्ता दर्शकहरूले नै यो फिल्मलाई जीवित राखेका छन् ।

शाहरुख खान र काजोल अभिनीत यस चलचित्रले शाहरुखलाई सुपरस्टारको उच्चतामा पुर्‍यायो र आधुनिक हिन्दी रोमान्सको परिभाषा नै परिवर्तन गर्‍यो । सिनेमाघरका प्रमुख मनोज देसाई भने,‘हप्तादिनमा प्रायः कलेजका विद्यार्थी र युवा दम्पतीहरू आउँछन्, तर आइतबार त ३० वर्षपछि पनि करिब ५०० दर्शक उपस्थित हुन्छन् ।’ मराठा मन्दिरमा निरन्तर प्रदर्शन हुँदै आएको यो फिल्म एक हजार ५०० हप्ताभन्दा बढी समयदेखि चलिरहेको छ । यसले एक समयको सुपरहिट एक्सन–थ्रिलर ‘शोले’ को कीर्तिमानलाई समेत पछि पारिसकेको छ ।

Hardik health

फिल्मले विदेशमा रहेका दोस्रो पुस्ताका भारतीयहरूको उदार मूल्य र उनीहरूका आमाबाबुको परम्परागत सोचबीचको द्वन्द्वलाई प्रभावशाली रूपमा चित्रण गर्छ । यसको प्रसिद्ध दृश्य-जहाँ नायिका आफ्नो प्रेमीको हात समात्न रेलको छेउमा दौडिन्छिन्–आज पनि दर्शकहरूलाई ‘गुजबम्प्स’ (आङ सिरिङ्ग बनाउने) दिने क्षण बनेको छ । देसाईका शब्दमा,‘त्यो दृश्य बुबाले आफ्नी छोरीलाई आफ्नो निर्णय गर्ने स्वतन्त्रता दिएको क्षण हो र त्यही भावनाले हरेकको हृदय छोएको छ ।’

केही दर्शकका लागि डिडिएलजे जीवनकै हिस्सा बनिसकेको छ । ‘एक महिला त २० वर्षदेखि हरेक हप्ता आउँछिन्’, देसाईले हाँस्दै भने,‘हामी उनलाई कुनै विशेष सुविधा दिँदैनौँ-उनी टिकटको मूल्य तिर्छिन् । यस्तो समर्पित संरक्षक कहाँ भेटिन्छ ?’ नयाँ पुस्ता पनि यस फिल्मप्रति समान आकर्षित छ । ‘आजको पुस्तामा सम्बन्ध प्रायः लेनदेनमा सीमित छन्, तर यस फिल्ममा नायकले बिना कुनै अपेक्षा प्रेमका लागि सबै सीमाहरू पार गर्छ’, फिल्म रिलिज हुँदा नजन्मिएका २३ वर्षीय ओमकार सराफ भन्छन्,‘टेलिभिजन वा मोबाइलमा भन्दा ठूलो पर्दामा हेर्दा यो फिल्म अझै गुदगुदी दिन्छ ।’

फिल्मले केहीका वास्तविक प्रेमकथामा पनि छाप छोडेको छ । ‘एक दम्पतीले डेटिङका क्रममा यो चलचित्र हेरेका थिए र पछि आफ्नो विवाहमा मलाई निम्त्याए’, देसाईले भने,‘उनीहरू हनिमुनका लागि विदेश गएका थिए-र फर्केर फेरि यही फिल्म हेरे ।’ सन् २०१५ मा मराठा मन्दिरमा यसको प्रदर्शन बन्द गर्न खोजिएको थियो तर दर्शकहरूको विरोध र भावनात्मक आग्रहपछि त्यो योजना रोकिएको थियो । थिएटर आज पनि पुरानै आकर्षणसहित विद्यमान छ-भापमा पाकेको चिया, तात्तातो समोसा र पुरानो शैलीका टिकट काउन्टरले दर्शकलाई पुरानो मुम्बईको स्वाद दिलाउँछ । बम्बई सेन्ट्रल स्टेशन नजिकैको यसको स्थानका कारण यात्रुहरूले पनि प्रस्थान अघि फिल्म हेर्ने परम्परा कायम राखेका छन् ।

स्पेनकी पर्यटक केली फर्नान्डिजले भने,‘भाषा बुझेनौँ, तर सङ्गीत, नृत्य र वेशभूषाले मन छुन पुग्यो । यो रोमियो एन्ड जुलियट जस्तै हो, तर सुखद अन्त्यसहित ।’ फिल्म समीक्षक भारद्वाज रंगनका अनुसार डिडिएलजे भारतको सांस्कृतिक यात्राको प्रतीक हो-जहाँ नयाँ र पुराना मूल्यहरूबीचको द्वन्द्वलाई यसले कुशलतापूर्वक समेटेको छ । ‘यो चलचित्र केवल मनोरञ्जन होइन, भारतको सांस्कृतिक स्मारक बनेको छ’ उनले भने,‘मलाई विश्वास छ-यो फिल्म सायद सदाका लागि पर्दामा चलिरहनेछ ।

तीस वर्षपछि पनि डिडिएलजे केवल एउटा चलचित्र होइन-प्रेम, स्मृति र भारतीय पहिचानको जीउँदो प्रतीक बनेको छ, जसले बलिउडको रोमान्सलाई अझ बलियो बनाउँदै लगेको छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन
हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन आइतबार, कात्तिक २, २०८२
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा आइतबार, कात्तिक २, २०८२
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा आइतबार, कात्तिक २, २०८२
चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण
चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण आइतबार, कात्तिक २, २०८२
कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ भएको अमेरिकी दूत विटकोफको भनाइ
कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ भएको अमेरिकी दूत विटकोफको भनाइ आइतबार, कात्तिक २, २०८२
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख
एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP