Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

राजनीतिक अस्थिरताले गर्दा मुलुकको सबै क्षेत्र निराशामा डुबेको बेला एउटा क्षेत्रले भने खुसी दिलाइरहेको छ, त्यो हो क्रिकेट । नेपाली क्रिकेट टोलीले ऐतिहासिक छलाङ मार्दै विश्वभरका नेपालीहरुलाई हर्षित तुल्याएको छ । राजनीति अझै कतातिर जाने हो अनिश्चित रहेकोबेला टि–२० विश्वकपमा लगातार दोस्रोपल्ट छनोट भइ नेपाली क्रिकेट टोलीले दिएको यो खुसीलाई दीर्घकालीन बनाउन भने धेरै काम गर्न बाँकी छ ।

नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक टि–२० विश्वकप खेल्ने पक्का भएको छ । आगामी माघमा भारत र श्रीलंकामा हुने उक्त प्रतियोगितामा छनोटका लागि ओमानमा भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । समूह चरणमा कतार र जापानलाई हराएको नेपालले सुपर सिक्समा पनि अपराजित रहँदै छनोट प्रतियोगिताको च्याम्पियन बन्यो । नेपालले सुपर सिक्समा घरेलु टोली ओमानसहित युएई र सामोआलाई पराजित गरेको हो ।    

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतियोगितामा लामो समयपछि उपाधि हात पारेको छ । आइसिसी पुरुष टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गतको अन्तिम खेलमा शुक्रबार सामोआलाई हराउँदै उपाधि जित्दा सारा नेपालीले शिर ठडिएको अनुभूति गर्न पाएका छन् । आइसिसीको प्रतियोगितामा सात वर्षयता हात पार्न नसकेको उपाधिको खडेरीलाई तोड्दै नेपाल च्याम्पियन बन्न सफल भएको छ । यो सफलता साँच्चै नै नेपाली क्रिकेटको मात्रै होइन, सारा नेपालीको हो ।

Hardik health

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीले गर्व गर्नलायक बनेको छ, नेपाली क्रिकेट । यसमा खेलाडीहरुको मिहेनत र समर्पण महŒवपूर्ण छ । पछिल्ला खेलहरुमा देखिएको नतिजाले पनि यसलाई पुष्टि गर्छ । त्यसैले त नेपाली क्रिकेटका समर्थकहरु दिनानुदिन बढिरहेका छन् । क्रिकेटमा राज्यको पनि नजर पर्न थालेको छ । मुलुकभित्रै पनि क्रिकेट गतिविधि र पूर्वाधारमा लगानी बढाउँदै लगिएको छ । यो सकारात्मक पक्ष हो । तर अझै पनि राज्यले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन । खेलाडीहरुको मनोबल बढाउन सरकारले उनीहरुमाथि लगानी बढाउन जरुरी छ ।

नेपाली खेलकुद क्षेत्र अगाडि नबढ्नुको मुख्य कारण हो, राजनीतिकरण । यही कारण फुटबल शून्यको अवस्थामा पुगिसकेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लाजमर्दो नतिजा दिइरहेको छ फुटबलमा । अन्य खेलकुदको पनि हालत उही छ । अहिले आशा जगाइरहेको भनेको क्रिकेटले मात्रै हो । बेलाबेला यो क्षेत्र पनि विभिन्न विवादमा नफसेको भने होइन । विभिन्न विवाद र समस्याका बाबजुद पनि आफ्नो लय छाडेको छैन, नेपाली क्रिकेटले । अब विश्वकप यात्रा तय गरिसकेकोले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी क्रिकेटका महारथी राष्ट्रहरुलाई चकित तुल्याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान), सरकार र सरोकारवाला सबैले आ–आफ्नो दायित्व इमान्दारीसाथ समयमै पूरा गर्नुपर्छ । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP