Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

राजनीतिक अस्थिरताले गर्दा मुलुकको सबै क्षेत्र निराशामा डुबेको बेला एउटा क्षेत्रले भने खुसी दिलाइरहेको छ, त्यो हो क्रिकेट । नेपाली क्रिकेट टोलीले ऐतिहासिक छलाङ मार्दै विश्वभरका नेपालीहरुलाई हर्षित तुल्याएको छ । राजनीति अझै कतातिर जाने हो अनिश्चित रहेकोबेला टि–२० विश्वकपमा लगातार दोस्रोपल्ट छनोट भइ नेपाली क्रिकेट टोलीले दिएको यो खुसीलाई दीर्घकालीन बनाउन भने धेरै काम गर्न बाँकी छ ।

नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक टि–२० विश्वकप खेल्ने पक्का भएको छ । आगामी माघमा भारत र श्रीलंकामा हुने उक्त प्रतियोगितामा छनोटका लागि ओमानमा भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । समूह चरणमा कतार र जापानलाई हराएको नेपालले सुपर सिक्समा पनि अपराजित रहँदै छनोट प्रतियोगिताको च्याम्पियन बन्यो । नेपालले सुपर सिक्समा घरेलु टोली ओमानसहित युएई र सामोआलाई पराजित गरेको हो ।    

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतियोगितामा लामो समयपछि उपाधि हात पारेको छ । आइसिसी पुरुष टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गतको अन्तिम खेलमा शुक्रबार सामोआलाई हराउँदै उपाधि जित्दा सारा नेपालीले शिर ठडिएको अनुभूति गर्न पाएका छन् । आइसिसीको प्रतियोगितामा सात वर्षयता हात पार्न नसकेको उपाधिको खडेरीलाई तोड्दै नेपाल च्याम्पियन बन्न सफल भएको छ । यो सफलता साँच्चै नै नेपाली क्रिकेटको मात्रै होइन, सारा नेपालीको हो ।

Hardik health

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीले गर्व गर्नलायक बनेको छ, नेपाली क्रिकेट । यसमा खेलाडीहरुको मिहेनत र समर्पण महŒवपूर्ण छ । पछिल्ला खेलहरुमा देखिएको नतिजाले पनि यसलाई पुष्टि गर्छ । त्यसैले त नेपाली क्रिकेटका समर्थकहरु दिनानुदिन बढिरहेका छन् । क्रिकेटमा राज्यको पनि नजर पर्न थालेको छ । मुलुकभित्रै पनि क्रिकेट गतिविधि र पूर्वाधारमा लगानी बढाउँदै लगिएको छ । यो सकारात्मक पक्ष हो । तर अझै पनि राज्यले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन । खेलाडीहरुको मनोबल बढाउन सरकारले उनीहरुमाथि लगानी बढाउन जरुरी छ ।

नेपाली खेलकुद क्षेत्र अगाडि नबढ्नुको मुख्य कारण हो, राजनीतिकरण । यही कारण फुटबल शून्यको अवस्थामा पुगिसकेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लाजमर्दो नतिजा दिइरहेको छ फुटबलमा । अन्य खेलकुदको पनि हालत उही छ । अहिले आशा जगाइरहेको भनेको क्रिकेटले मात्रै हो । बेलाबेला यो क्षेत्र पनि विभिन्न विवादमा नफसेको भने होइन । विभिन्न विवाद र समस्याका बाबजुद पनि आफ्नो लय छाडेको छैन, नेपाली क्रिकेटले । अब विश्वकप यात्रा तय गरिसकेकोले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी क्रिकेटका महारथी राष्ट्रहरुलाई चकित तुल्याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान), सरकार र सरोकारवाला सबैले आ–आफ्नो दायित्व इमान्दारीसाथ समयमै पूरा गर्नुपर्छ । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP