काठमाडौं - ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ दिव्या पात्रा र दुर्गा ढकाल घोषित भएका छन् । ग्रीन आट्र्स मिडिया प्रालिले बिहिबार साँझ आयोजना गरेको एक कार्यक्रममा दिब्या ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ र दुर्गा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ घोषित भएका हुन् ।
दिव्या र दुर्गा दुबैले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० देशका सहभागीता रहनेगर्छ । प्रतियोगीले आ–आफ्नो मुलुकको सम्पदा र संस्कृतिको समेत कार्यक्रममा प्रवद्र्धन गर्दै आएका छन् । प्रतियोगीताको आयोजक ई–पालानेट नेपाल रहेको छ ।
विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिको उदेश्यले ई–पालानेट नेपालले प्रतियोगीता आयोजना गर्दै आएको छ ।प्रतियोगीतामा दिव्या र दुगालाई व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता आदिको विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिको प्रशिक्षण सहित सहभागी गराइने प्रतियोगीताकी नेशनल निर्देशक अनिला श्रेष्ठले बताइन् । श्रेष्ठ प्रतियोगीका ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच पनि हुन् ।