Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको स‌ंकेत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२

एपी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लागेका छन् । तर उनले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको संकेत गरेका छन् । 

युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ । जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको लामो टेलिफोन वार्ताको भोलिपल्ट हुँदैछ । सो वार्तामा दुवै नेताले युक्रेन युद्धबारे विस्तृत छलफल भएको थियो । हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाएका थिए तर पुटिनले यस्तो कदमले अमेरिका–रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिएका थिए ।

पुटिनसँगको संवादपछि भने ट्रम्पको धारणा बदलिएको देखिएको छ । लगभग एक हजार ६०० किलोमिटर ९९९५ माइल) दूरीसम्म मार गर्नसक्ने यी मिसाइलहरू युक्रेनले मागिरहेको भए पनि ट्रम्पले त्यसबारे संकेत गर्दै भने,‘हामीलाई पनि टोमहाक चाहिन्छ । हाम्रो देशलाई कमजोर बनाउने गरी हामी आफ्नै आवश्यक हतियारहरू बाँड्न सक्दैनौँ  ।’

Hardik health

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी भूमिमा गहिरो आक्रमण गर्न र प्रमुख सैन्य स्थल, ऊर्जाकेन्द्र र पूर्वाधारमा प्रहार गर्न यी मिसाइलहरूको आवश्यकता रहेको बताउँदै आएका छन् ।  यस्तो क्षमता प्राप्त भएमा पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तातर्फ धकेल्न सकिनेछ भन्ने उनको विश्वास छ— जुन ट्रम्प स्वयंले पनि प्राथमिक कूटनीतिक लक्ष्यको रूपमा अघि सारेका छन् । 

तर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई ‘किएभलाई टोमहाक आपूर्ति गर्दा युद्धको गतिमा परिवर्तन त आउने छैन, तर अमेरिका–रूस सम्बन्धमा गहिरो क्षति हुनेछ’ भनी चेतावनी दिएका छन् । ट्रम्प र जेलेन्स्कीबीच जनवरीमा ट्रम्प पुनः राष्ट्रपतिमा फर्केपछि यो चौथो भेट हो र एक महिनाभित्र दोस्रो प्रत्यक्ष भेटसमेत हो । 

बिहीबार पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले छिट्टै हङ्गेरीको बुडापेस्टमा रूसी नेतासँग प्रत्यक्ष भेट गरी ‘युद्ध अन्त्यका सम्भावित उपायहरू’ बारे छलफल गर्ने घोषणा गरेका छन् । साथै, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पुटिनका वरिष्ठ सल्लाहकारहरू पनि अर्को हप्ता अनिर्दिष्ट स्थानमा भेट्ने सहमति भएको छ ।
इजरायल र हमासबीचको युद्धविराम र बन्धक सम्झौताको मध्यस्थता गर्दै आएका ट्रम्प अहिले युक्रेन युद्ध अन्त्यलाई आफ्नो प्रमुख विदेश नीति प्राथमिकता बनाउँदै हुनुहुन्छ । उनले यस उद्देश्यमा ‘नयाँ विश्वास र अवसर’ देखिएको बताएका छन् ।
तर पछिल्ला केही हप्तादेखि ट्रम्पको पुटिनप्रतिको धैर्य कम हुँदै गएको देखिन्छ । गत महिना उनले युक्रेनले रूसले कब्जा गरेका क्षेत्रहरू फिर्ता जित्न सक्छ भनी घोषणा गरेका थिए । यो अघिल्लो नीतिबाट ठुलो परिवर्तन थियो । उनले यसअघि किएभलाई ‘कुनै सम्झौतामार्फत युद्ध अन्त्य गर्न’ आग्रह गर्दै आएका थिए ।

सन् २०२४ को चुनावी अभियानताका ट्रम्पले आफूले सत्ता सम्हालेपछि ‘छिट्टै युद्ध अन्त्य गर्ने’ वाचा गरेका थिए । तर यस वर्ष अगस्टमा अलास्कामा पुटिनसँगको शिखर सम्मेलन र त्यसपछि ह्वाइट हाउसमा जेलेन्स्की तथा युरोपेली सहयोगीहरूसँगको बैठकपछि उहाँको शान्ति प्रयास अस्थायी रूपमा अवरुद्ध भएको देखिएको छ ।

तथापि, ट्रम्प अझै पनि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको सम्भावना जीवित रहेकोमा विश्वास राख्दै छन् । उनले भने,‘पुटिन र जेलेन्स्कीबीच राम्रो सम्बन्ध छैन, त्यसैले हामीले सम्भवतः उहाँहरूलाई अप्रत्यक्ष वार्ताका माध्यमबाट नजिक ल्याउन सक्नेछौँ ।’ उनले भने,‘जहाँ उहाँहरू अलग हुनुहुन्छ, हामी त्यहीँ केही गर्न सक्छौँ — अलग तर समान प्रयास ।’ 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP