Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कूटनीतिक छवि धुमिल्याउने कदम
कूटनीतिक छवि धुमिल्याउने कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२

सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेर कूटनीतिक छवि बिगार्ने प्रवृत्ति दाहोर्‍याएको छ । यतिमात्र हैन, एकातिर निर्वाचनमा भाग लिन बोलाइरहेको सरकारको यो निर्णयले अर्कोतिर वातावरण बिगार्ने कदम चालेको देखिन्छ । अमेरिका, चीन, बेलायत, इजरायलजस्ता मुलुकमा नेपालको नेतृत्व गरी जाने राजदूत नियुक्ति विवादमुक्त हुन सकेको छैन । कारण, एक त ती मुलुकमा दूतावासमा नेतृत्व गर्न पुग्नेहरु प्रबुद्ध र क्षमतावान् हुनैपर्छ । अर्को कूटनीतिक मामलामा अब्बल ठहरिनुपर्छ ।

विभिन्न विवाद, संसदीय समिति झेल्दै ती देशका राजदूत बनेकाहरुलाई सरकारले राजनीतिक दलकै नेतृत्वमा बनेको सरकारलेझैं फिर्ता बोलाएको छ । कुनै पनि देशसँग सम्बन्ध राम्रो बनाउन दूतावासको नेतृत्वसँग लामो समयको अनुभव चाहिन्छ । तर सरकारले राजदूतमा नियुक्त भएकाहरुलाई वर्ष दिन पुग्दै गर्दा फिर्ता बोलाएको छ । यो एक किसिमको हतारो निर्णय हो । प्रतिशोध लिने हिसाबले गरिने कामले खासै राम्रो गर्दैन । एक त चुनावी सरकार, अर्को अमेरिका, चीन, बेलायतजस्ता मुलुकसँग सम्बन्ध सुधार गर्नुपर्ने बेला यस्तो निर्णय गर्नु आवश्यक थिएन ।

भ्रष्टाचार र सुशासनको माग गर्दै भएको जेन–जी विद्रोहको बलमा बनेको सरकारको महिना दिन पूरा भएको छ । तर सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । परराष्ट्रले विभागीय मन्त्री पाउन सकेको छैन । यस्तो अवस्थामा राजदूतलाई फिर्ता बोलाएर सरकारले फितलो कदम चालेको छ । परराष्ट्रले नेतृत्व नपाउँदा श्रम गन्तव्य मुलुकहरुले समेत नेपाललाई भिसा दिन आनाकानी गरिरहेको छ । यता श्रम मन्त्रालयले विभागीय मन्त्री नपाउँदा श्रम गन्तव्य मुलुकसँग सहजीकरण गर्न सकिरहेको छैन ।

Hardik health

यस्तो अवस्थामा सरकारले राजदूतबाट सौहद्र्र वातावरण तयार गर्नुपर्ने हो । उनीहरुलाई जाँचिने समय दिनुपर्ने हो । तर भीडलाई मन पराउने खालको लोकप्रियवादी काममा हात हालेको देखिन्छ । राजदूतमा नियुक्त भएकाहरु राजनीतिक नियुक्ति भए पनि कतिपय प्रबुद्ध होलान् । संकटको घडीमा संसदीय सुनुवाइ पार गरेर गएका राजदूतलाई फिर्ता बोलाउन सरकारको सरासर कमजोरी हो । को कस्ता छन्, काम कस्तो छ ? न्यायोचित मूल्यांकन गरेरमात्र सरकारले यस्तो निर्णय लिनुपथ्र्यो ।

चुनाव गर्ने म्याण्डेट पाएको सरकारले एक त कूटनीतिक छवि बिगार्नेगरी राजदूत फिर्ता बोलाएको छ भने यसले चुनावसमेत भाँडिन सक्छ । राजनीतिक दललाई विश्वासमा लिनुपर्ने यो अवस्थामा सरकारले एकपछि अर्को गर्दै सरुवा बढुवाको कामसमेत गर्न थालेको छ । यसले कार्की सरकार पनि अघिल्ला सरकारहरुकै बाटोमा अघि बढेको त होइन ? प्रश्न उठेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
सुरक्षाकर्मीको आत्मबल बढाउ
सुरक्षाकर्मीको आत्मबल बढाउ बिहीबार, मंसिर ११, २०८२
निर्वाचनको माहोल बन्नु स्वागतयोग्य
निर्वाचनको माहोल बन्नु स्वागतयोग्य बुधबार, मंसिर १०, २०८२
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP