काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा २३.५९ अंकले घटेको छ । कारोबार बन्द हुँदा नेप्से सूचक २४८७।१७ विन्दुमा पुगेको हो ।
बजारमा कुल ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ ७६ पैसा बराबरको सेयर कारोबार भएको छ । यसमा ७५ लाख १५ हजार १७८ कित्ता सेयर समावेश छन् । ३०९ स्क्रिपका ३५ हजार ८३७ वटा कारोबारमार्फत उक्त कारोबार भएको छ ।
आज बजारमा ३७ वटा कम्पनीको मूल्य बढेको छ । २०४ वटाको मूल्य घट्दा ८ वटाको स्थिर रहेको छ ।