Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगान–पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम, नागरिकहरू घर फर्किँदै
अफगान–पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम, नागरिकहरू घर फर्किँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२

एएफपी- अफगानिस्तान र पाकिस्तानबीच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार युद्धविराम लागू भएको छ ।

अफगानिस्तानको दक्षिणी सहर स्पिन बोल्दाक - हालैका झडपहरूको केन्द्र - मा अब जीवन क्रमशः सामान्य बन्दै गएको देखिन्छ । एएफपीका एक पत्रकारका अनुसार युद्धविराम लागू भएसँगै पसलहरू पुनः खुलेका छन् र बासिन्दाहरू लडाइँका कारण छाडिएका घरहरूमा फर्किन थालेका छन् ।

पाकिस्तानले ४८ घण्टे युद्धविरामको घोषणा गर्दै यसको उद्देश्य ‘रचनात्मक वार्तामार्फत सकारात्मक समाधान खोज्ने’ भएको बताएको छ । यो युद्धविराम बुधबार साँझ ६ः०० बजे इस्लामाबाद समय (१३ः०० जिएमटी) देखि प्रभावमा आएको हो । यद्यपि, युद्धविराम सुरू भएपछि पनि सीमामा केही क्षण गोलीबारी सुनिएको अफगानिस्तानस्थित पत्रकारहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई ‘नागरिकलाई थप क्षति हुन नदिन र स्थायी शान्तिका लागि प्रतिबद्ध रहन’ आग्रह गरेका छन् । युद्धविराम घोषणा हुनुअघि नै अफगान राजधानी काबुलमा अर्को विस्फोट भएको थियो । तालिबान सरकारले उक्त घटनाको दोष पाकिस्तानमाथि नलगाए पनि हालै भएका अन्य विस्फोटहरूमा भने इस्लामाबादको संलग्नता रहेको आरोप लगाएको थियो ।

Hardik health

गत हप्ता काबुल र दक्षिणपूर्वी अफगानिस्तानमा भएका शृङ्खलाबद्ध विस्फोटपछि हिंसा तीव्र भएको थियो । तालिबान सरकारका अनुसार ती आक्रमणहरूका लागि पाकिस्तान जिम्मेवार छ । त्यसपछि तालिबान सुरक्षा निकायहरूले सीमाक्षेत्रमा प्रतिआक्रमण सुरु गरे । यसले इस्लामाबादलाई ‘कडा जवाफ’ दिने चेतावनी गर्न प्रेरित गरेको थियो ।

काबुलका अधिकारीहरूका अनुसार शनिबारदेखि चलेको गोली हानाहानमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला हिंसात्मक घटनाहरूमा पनि नागरिकहरू घाइते भएका छन् । अफगान सरकारले बुधबारको विस्फोटलाई ‘तेल ट्याङ्कर र जेनेरेटरको विस्फोटबाट भएको दुर्घटना’ बताएको भए पनि एकजना वरिष्ठ तालिबान अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै उक्त विस्फोट ‘इस्लामाबादद्वारा नियोजित आक्रमण’ भएको र ‘सर्वसाधारणलाई लक्षित गरिएको’ दाबी गरेका छन् ।

यसैबीच, पाकिस्तानी सुरक्षास्रोतहरूले भने सेनाले काबुलमा ‘सटीक आक्रमण’ गरी सशस्त्र समूहहरूलाई लक्षित गरेको र दक्षिणी कान्दाहार प्रान्तमा रहेको अफगान तालिबानको आश्रयस्थलमा पनि प्रहार गरेको बताएका छन् ।
काबुलमा बुधबार भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३५ जना घाइते भएको इटालियन गैर–सरकारी संस्था इमर्जेन्सीले जनाएको छ । ‘हामीले घाइतेहरू बोकेका एम्बुलेन्सहरू लगातार पाउँदै थियौँ र हाम्रो अस्पतालदेखि केही किलोमिटर टाढा विस्फोट भएको थाहा पाइयो’, अफगानिस्तानका आपत्कालीन निर्देशक डेजन प्यानिकले विज्ञप्तिमा उल्लेख छ  ।

संस्थाका अनुसार घाइतेहरूमा छर्राका घाउ, बल आघात र गम्भीर जलन भएका थिए । तीमध्ये १० जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ । विस्फोटका कारण बिजुलीका तारहरू क्षतिग्रस्त भई काबुलका केही क्षेत्रमा रातभर र बिहीबार बिहानसम्म पूर्ण ब्ल्याकआउट भएको जनाएको छ ।

यस महिनाको घातक हिंसाले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनाएको छ । इस्लामाबादले आफ्नो भूमिमा भएका उग्रवादी आक्रमणहरूका लागि अफगानिस्तानलाई दोष दिँदै आएको छ । पाकिस्तानले अफगान सरकारमाथि ‘पाकिस्तानी तालिबान (टिटिपी)’ का लडाकूहरूलाई शरण दिएको आरोप लगाउँछ । उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ । 

तालिबानका वरिष्ठ कूटनीतिज्ञले पाकिस्तानको शत्रु राष्ट्र भारतको ऐतिहासिक रूपमा अभूतपूर्व भ्रमण गरेको बेला यी घटनाहरू भएका हुन् । यसले काबुल र इस्लामाबादबीचको अविश्वासलाई अझ बढाएको बताइन्छ ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना
इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना आइतबार, मंसिर २१, २०८२
नाइट क्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु
नाइट क्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु आइतबार, मंसिर २१, २०८२
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प आइतबार, मंसिर २१, २०८२
अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन
अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन आइतबार, मंसिर २१, २०८२
‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ
‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ आइतबार, मंसिर २१, २०८२
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन शुक्रबार, मंसिर १९, २०८२
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP