Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शान्ति सुरक्षा कायम गर
शान्ति सुरक्षा कायम गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२

जेन–जी विद्रोहपछि गठन भएको सरकारले महिना दिन पूरा गरिसकेको छ । परिवर्तनकारीको साथ पाएको सरकारले एक किसिमको अमनचयन कायम गर्नेमा जनता ढुक्क थिए । तर दिनानुदिन त्रासदीपूर्ण घटना बढेका छन् । भदौ २४ गते फरार रहेका कैदीहरुका कारण हिंसात्मक घटना हुने क्रम छ । जेन–जीको नाममा कार्यालयहरुमा पुगेर कर्मचारीहरुलाई धक्याउने प्रवृत्ति बढेका छन् । कुनै बेला राजनीतिक दलका भ्रातृ संगठनको शैलीमा युवाहरु जेन–जीको नाम लिएर कर्मचारीमाथि खनिन थालेका छन् । 

सरकारले भदौ २३ गतेको दमनमा संलग्नलाई के गर्ने भनेर स्पष्ट सन्देश दिन सकेको छैन । तर उक्त आन्दोलनमा सहभागी भएकाहरु विभिन्न नाममा पक्राउ पर्न थालिएको छ । जातीय द्वन्द्व निम्तिने खालका घटनाहरु बढिरहेका छन् । कुनै व्यक्तिको नाम मन्त्री बन्नेको सूचीमा आउँदा जात र लिंगकै आधारमा आरोप लगाउने क्रम बढ्दो छ । यतिमात्र हैन यसरी आरोपितहरु समाजबाट तिरस्कृत हुने अवस्था र ज्यानै मार्नेसम्मको धम्की सहन बाध्य छन् ।
भ्रष्टाचार र अनियमितताका कारण दलहरुको नेतृत्वको सरकार ढलेको हो । दलहरुको दबदबा र लाचारीका कारण संसद् पनि विघटन भयो । युवाहरुको परिवर्तनको यो क्रान्तिलाई सरकार परिवर्तनमार्फत स्वीकार गरिसकेको छ । तर यो सरकारले पछिल्लो तरलतालाई व्यवस्थापन गर्न सकिरहेको छैन । नयाँ सरकारले उद्योगी, कर्मचारीलाई निर्धक्क भएर काम गर्न मिल्ने वातावरण बनाइदिनुपर्छ । देशको सुरक्षामा खटिएका सुरक्षा निकायमाथि निरन्तर प्रश्न उठिरहेको छ । सेनाले सार्वजनिक सम्पत्ति रक्षा गरेन, प्रहरीले केही काम गरेन भन्दै चौतर्फी प्रश्न उठाइएको छ भने प्रहरीलाई सत्तापक्ष र विपक्ष दुवैले अपजस दिने काम गरिरहेको छ ।

सेना होस् या प्रहरी उनीहरु राष्ट्रसेवक हुन् । उनीहरुले गरेका कमीकमजोरीलाई छानबिन गरी कारबाहीमा ल्याउनुपर्छ । सम्बन्धित कमाण्डले यस विषयमा जाँचबुझ गर्छ नै । तर निश्चित व्यक्ति वा कमाण्डलाई देखाउँदै सिंगो संस्थालाई आक्षेप लगाउन मिल्दैन । यसो गर्दा मनोबल गिर्छ । राष्ट्रसेवकको मनोबल उच्च बनाउनु आजको आवश्यकता हो । 

Hardik health

भदौ २४ को घटनापछि लगानीकर्ता त्रसित छन् । उनीहरुलाई नयाँ आशाको सञ्चार दिनु सरकारको दायित्व हो । त्रासदीपूर्ण घटनापछि अप्ठेरोमा परेका लगानीकर्तालाई सरकारले सुरक्षा र भविष्य निश्चिन्ता पार्ने खालको खाका तय गर्नु आजको आवश्यकता हो । भोलि के होला ? भनेर अन्योलमा पार्नु हुन्न । यसैले यी सबै त्रासलाई हटाएर आशा जगाउन शान्ति सुरक्षाको आड देऊ सरकार ।
 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP