Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • अवरुद्ध टेलिफोन सेवा सञ्चालन
अवरुद्ध टेलिफोन सेवा सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२

काठमाडौं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै एक्सन लिएर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिएका हुन्  ।

टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन गरेको छ ।यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसबाट १० हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका थिए । सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा समस्या भएको थियो । 

स्थानीय प्रकाशमान सिंहले दुई हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सञ्चालन भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताए । उनले टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गरे। उनका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसङ्ख्या रहेको थियो । अहिले गाउँपालिकामा २२ हजार जनसङ्ख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ ।

Hardik health

सञ्चारमन्त्री खरेलले टेलिफोनसेवा अवरोध हुँदा जाजरकोटवासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको बताए । मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गरे । उनले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको जानकारी दिए । उनका अनुसार चट्याङले पूर्ण रूपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सञ्चालन गरिएको हो । टेलिफोन सेवाको क्षमता विस्तार र गुणस्तर वृद्धिका लागि कामगर्ने गरी उपकरणसहित थप प्राविधिक फिल्डमा खटाइएको छ । इन्टरनेट सेवाको क्षमता विस्ता र गुणस्तर बढाउन पनि प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

यस्तै डोल्पा जिल्लाकोसेवा अवरुद्ध भएका भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमका गोतामकोटलगायत क्षेत्रहरूमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोप्चे-बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन
कोप्चे-बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन बुधबार, असोज २९, २०८२
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट बुधबार, असोज २९, २०८२
प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट बुधबार, असोज २९, २०८२
विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की
विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की बुधबार, असोज २९, २०८२
सर्वाेच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता
सर्वाेच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता बुधबार, असोज २९, २०८२
पोखरामा १८ औँ भाइटीका महोत्सव हुने
पोखरामा १८ औँ भाइटीका महोत्सव हुने बुधबार, असोज २९, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP