काठमाडाैं - जेन्जी आन्दोलन साधारण राजनीतिक आन्दोलन नभई राष्ट्र–पुनर्जागरणका लागि भएकाे एक विज्ञप्तिमा बताइएकाे छ । जेन्जी विद्रोह कुनै साधारण राजनीतिक आन्दोलन नभइ जेन्जी पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको एक विज्ञप्तिकाे घोषणापत्रमामार्फत रहकाे बताइएकाे हाे
विज्ञप्तिकाे अनुसार भाद्र २३ र २४ गते को साहसिक र सशक्त विद्रोहपछि नेपालका सम्पूर्ण राज्य संयन्त्र जनताको अघि नतमस्तक भएका थिए। 'जेन्जी विद्रोहको प्रत्यक्ष आदेशले प्रतिनिधिसभा र त्यसका भ्रष्ट नायकहरू इतिहासको कुहिन लागेको अध्याय बनेका थिए।जनताले अस्वीकार गरिसकेको शितल निवासमा तीन दशकसम्म नेपाली जनतालाई लुट्ने शक्तिहरूले नै बडो जुक्ति निकालेर सुशीला कार्की लाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा अगाडि सारेदेखि नै जेन्जी विद्रोहमा राज्यका तर्फबाट औपचारिक रूपमा अपमान र खेलवाड सुरु भएको थियो ' विज्ञप्ति भनिएकाे छ ।
'आज फेरि मृत संसद्को पुनरुत्थान गर्न खोज्ने खेल सुरु भएको रवि किरण हमालले विज्ञप्ति बताएका छन् ।उनका अनुसार सर्वोच्च अदालतमा पुनस्थापनाको नाममा दायर मुद्दा केवल कानुनी प्रक्रिया होइन, त्यो विद्रोही युवाको बलिदानमाथिको घात हो, रगतमाथिको अपमान हो, र विद्रोहको भावना विपरीत जाने षड्यन्त्र हो।हामी स्पष्ट चेतावनी दिन चाहन्छौं, सर्वोच्च अदालतले जनताको आदेश र युवाको बलिदानको सम्मान गर्नैपर्छ। अदालत न्यायको प्रतीक हो, सत्ताको उपकरण होइन। यदि सर्वोच्च अदालतले पनि भ्रष्ट राजनीतिक शक्तिको हातमा आफ्नो आत्मा बेच्छ भने यो देश पुनः रक्तपात र कठोर गृहसंघर्षको दिशातर्फ धकेलिने परिस्थिति सिर्जना हुनसक्छ ।'
'देशका सडकहरूमा बगेको युवाको रगतलाई कानुनी खेल र संवैधानिक जुक्तिले मेटाउन खोज्नेहरूले सम्झून ,यो नयाँ पुस्ताले बगाएको रगत सुक्न पाएको छैन, हामी निदाएको छैनौँ ।' विज्ञप्तिमा भनिएकाे छ , 'जेन्जी पुस्ताले गरेको विद्रोहलाई सम्मान गर्न, आत्मसात गर्न र संस्थागत गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एक ठाउँमा उभिन समेत आह्वान गर्दछौँ।'
