एजेन्सी - हमासले बन्धकहरूकाे शव नबुझाए गाजामा सहायता रोकिदिने चेतावनी इजरेलले दिएकाे छ । इजरेलले बाँकी २८ मृतकको शव नबुझाएसम्म गाजामा सहायता रोकिदिने चेतावनी दिएसँगै हमासले थप चार शव फिर्ता गरेको हो।
हमासले थप चार बन्धकहरूका शव फिर्ता गरेको इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले जनाएको छ। रेड क्रसले कफिनमा राखिएका अवशेषहरू बुझेर मंगलबार अबेर इजरेली सेनालाई हस्तान्तरण गरेको बताइएको छ।
उक्त प्यालेस्टिनी सशस्त्र समूहले सोमवार २० जना जीवित बन्धकलाई रिहा गर्नुका साथै चार शव पनि फिर्ता गरेको थियो। रेड क्रसले एक वक्तव्यमार्फत् जनाएअनुसार इजरेलले आफूसँग रहेका ४५ मृत प्यालेस्टिनीको अवशेष मंगलबार गाजा पठाउने छ।