Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • युएईको रोजगारी खुलाउन तत्काल पहल गरियोस्
युएईको रोजगारी खुलाउन तत्काल पहल गरियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२

नेपालीको प्रमुख श्रम गन्तव्य हो संयुक्त अरब इमिरेट्स (युएई) । तर जेन–जी आन्दोलनलाई कारण देखाउँदै यहाँ जाने ढोका बन्द भएको महिना दिन पुगिसक्यो । हरेक आन्दोलनलेझैं जेन–जी आन्दोलनले पनि परिवर्तन ल्यायो । सरकार परिवर्तन भयो । नयाँ सरकारको नारा हुने गर्छ– स्वदेशमै रोजगारी सिर्जना । तर यो अन्तरिम सरकार चुनावी सरकार भएकोले तत्काल रोजगारी सिर्जना हुने अवस्था देखिँदैन ।

यो आन्दोलनलाई युवाहरुले अवसरका रुपमा लिए पनि रोजगारीका लागि भौतारिएका युवाहरु भने समस्यामा परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते जेलका कैदीहरु भागेको र उनीहरु प्रवेश गर्ने आशंकामा युएईले भिसा रोकिदिएको हो । जसले गर्दा रोजगारीमा जान तयार भएका युवाहरुको भविष्य अन्योलमा परेको त छ नै वैदेशिक व्यवसायीहरुमा पनि अन्योलता बढेको छ ।

कतै यही निहुँमा मलेसियालेझैं युएईले पनि नेपाली कामदार कटौती गर्दै लाने हो कि ? एक त जेन–जी आन्दोलपछि गठन भएको सरकारले अझै पनि कैदीहरुलाई कारागार फर्काउन सकेको छैन । कति हतियारसहित फरार भएका छन् । १३ हजार कैदी फरार हुँदा पाँच हजारजति अझै पनि कारागार फर्किएका छैनन् ।

Hardik health

नेपाल प्रहरीको मनोबल बढाउनेगरी कुनै योजना पनि ल्याउन सकेको छैन । प्रहरीमा प्रदर्शनकारी र दलका नेताहरुबीच दोहोरो उजुरी परिरहेको छ । अर्कोतिर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको महिना दिन पूरा भइसक्दा पनि विभागीय मन्त्री श्रम मन्त्रालयले पाएको छैन । देशको आर्थिक संकट चुलिँदो परिस्थितिमा यस किसिमको समस्या भविष्यमा झनै गम्भीर समस्या ल्याउने निश्चित छ ।

हाल युएईको काम गर्ने व्यवसायी ५०० भन्दा बढी छन् । युएई जाने प्रक्रिया थालेका करिब १० हजार श्रमिक पनि अलमलमा परेका छन् । आन्तरिक रोजगारी सिर्जना गर्न नसक्ने सरकारले यो विषयलाई गम्भीरताका साथ लिनुपर्छ । सरकारले चाँडोभन्दा चाँडो युएईको भिसा खुलाउन कूटनीतिक पहल गरोस् । यसैगरी शान्ति सुरक्षा कायम गर्नुका साथ श्रम गन्तव्य मुलुकलाई विश्वासमा लिन कैदीहरुलाई चाँडै कारागार फर्काउने वातावरण बनाओस् ।

यी आधार तय भएमा दूतावास र सचिवको तहबाट पनि श्रम गन्तव्य मुलुकले भिसा खुलाउन सक्छ । विभागीय मन्त्री नै चाहिन्छ भन्ने पनि छैन । यद्यपि मन्त्री हुँदा सहजीकरण र नेतृत्व लिन केही सहज हुन्छ । तर सबैभन्दा पहिले व्यवस्था सुधार्न सरकारले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाएर फरार कैदी कारागार फर्काउनुका साथै युएईसँग कूटनीतिक पहल थालिहाल्नुपर्छ । युएईसँगै अन्य मुलुकले पनि नेपाली श्रमिक लैजान गरेको कडाइको विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ ।
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP