Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता
कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

एएफपी- नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएका छन् । बेपत्ता भएको भनि  दक्षिण कोरियाको विदेश मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ३३० जना दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए । तीमध्ये केही व्यक्ति बेपत्ता भएका वा आफ्नै इच्छा विरुद्धमा राखिएको रिपोर्ट गरिएको छ । तीमध्ये हालसम्म करिब ८० जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले घटनासँग सम्बन्धित तथ्यांकहरू दोहोरो नहोस् भनेर गृह मन्त्रालय र प्रहरी डाटासँग क्रस–जाँच भइरहेको पनि जनाएको छ । सन् २०२३ मा कम्बोडियामा दक्षिण कोरियालीहरू संलग्न अपहरण वा अवैध हिरासतका करिब २१ घटना दर्ता भएका थिए । तर गत वर्ष यो सङ्ख्या तीव्र गतिमा बढ्दै २२१ पुगेको र यो वर्षको अगस्टसम्म १५ गुणासम्म वृद्धि भएको सांसद युन हु–डुकले संसदीय सुनुवाइमा बताए ।

Hardik health

हालै कम्बोडियामा एक दक्षिण कोरियाली कलेज विद्यार्थीको मृत्युको घटनाले दक्षिण कोरियाली समाजलाई गहिरो आघात पुर्‍याएको छ । ती विद्यार्थीको मृत्यु स्थानीय अपराधी समूहद्वारा अपहरण र यातना पश्चात् भएको बताइएको छ ।

सरकारका अनुसार धेरै दक्षिण कोरियाली नागरिकहरू उच्च तलबको प्रलोभनमा परेर कपटपूर्ण रोजगारी प्रस्तावमा फसेका छन् । राष्ट्रपति ली जे म्युङले मङ्गलबार मन्त्रिपरिषद्को बैठकमा कम्बोडियामा भएका हालका अपहरण घटनाले ‘दक्षिण कोरियालीहरूलाई गम्भीर क्षति पुगेको’ बताउँदै ती घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।
‘यो सख्या सानो छैन । हाम्रा नागरिकहरू आफ्ना परिवारका सदस्य, साथी तथा छिमेकीहरू बेपत्ता भएकोमा अत्यन्त चिन्तित छन्’, उनले भने, ‘सरकारले हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै उपलब्ध उपाय तुरुन्तै लागू गर्नुपर्छ ।’

राष्ट्रपति कार्यालयले दोस्रो उप–विदेशमन्त्रीको नेतृत्वमा संयुक्त प्रतिक्रिया टोली बुधबार कम्बोडिया पठाउने तयारी भएको जनाएको छ । साथै, राष्ट्रपतिका प्रवक्ता किम नाम–जुनका अनुसार सरकारले कम्बोडियाको यात्रा सल्लाह स्तर बढाउने विषयमा पनि विचार गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
इजरायलमा इरानको मिसाइल आक्रमण जारी सोमबार, चैत २३, २०८२
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि सोमबार, चैत २३, २०८२
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड सोमबार, चैत २३, २०८२
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु सोमबार, चैत २३, २०८२
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP