Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण
मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

एएफपी- मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार गरेका छन् । अहिले ‘सुरक्षित स्थान’ मा शरण परेका छन् । 

मडागास्करका संकटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । 

देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारेका हुन्  । पछिल्ला दिनहरूमा उनी देश छोडेर भाग्नुभएको हुनसक्ने भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए ।

‘सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने र विद्रोह गर्ने प्रयासहरू भइरहेका छन् । केही सैन्य अधिकारी र राजनीतिज्ञको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो’, उनले फेसबुकमार्फत प्रत्यक्ष सम्बोधन गर्दै र आफ्नो स्थान गोप्य राख्दै भने,‘त्यस कारण म आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा रहन बाध्य भएँ ।’

Hardik health

राजधानी एन्टानानारिभोमा भइरहेको प्रदर्शनहरू प्रारम्भमा दीर्घकालीन बिजुली र पानी आपूर्तिमा अवरोधको विरोधमा सुरु भएका थिए । तर ती आन्दोलनहरू क्रमशः व्यापक सरकारविरोधी अभियानमा परिणत हुँदै राष्ट्रपतिको राजीनामाको मागमा केन्द्रित भएका छन् । राजधानीका पूर्व मेयर समेत रहनुभएका राष्ट्रपति राजोलिनाले भने संविधानको सम्मान गर्न सबैलाई आह्वान गर्दै ‘म समाधान खोज्‍ने अभियानमा छु,’ भने ।

सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क रावलमानानालाई अपदस्थ गर्ने विद्रोहपछि राजोलिना पहिलोपटक सत्तामा आएका थिए । हाल फेरि उही किसिमको राजनीतिक तनावले देशलाई संकटमा धकेलेको छ । यसैबीच फ्रान्सेली सञ्चारमाध्यम रेडियो फ्रान्स इन्टरनेसनलले राजोलिनाले सप्ताहन्तमा फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेको दाबी गरेको छ । यद्यपि फ्रान्सेली अधिकारीहरूले यसबारे एएफपीको प्रश्नमा प्रतिक्रिया जनाएका छैनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि उक्त समाचार पुष्टि गर्न अस्वीकार गर्दै टापु राष्ट्रको संकटप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।

राजोलिना बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैन । सशस्त्र बलका केही समूहले राज्य प्रसारकमा कब्जा जमाउने प्रयास गरेका कारण राज्य टेलिभिजनमार्फत प्रसारण हुने भनिएको उनको सम्बोधन पनि दुई पटक ढिलाइ गरिएको थियो । सप्ताहन्तमा एन्टानानारिभोको सिटी हल अगाडि भेला भएका हजारौँ प्रदर्शनकारीहरूको समर्थनमा विद्रोही सैनिक र सुरक्षाकर्मीहरू समेत सामेल भएका थिए । तीमध्ये केहीले सन् २००९ को विद्रोहमा समेत भूमिका खेलेका थिए । शनिबार उक्त युनिटले ‘विरोधमा गोली चलाउने आदेश अस्वीकार गर्ने’ घोषणा गरेको थियो ।

विरोधका क्रममा अर्धसैनिक प्रहरी बलका केही अधिकारी पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनीहरूले पछिल्लो भिडियो सन्देशमार्फत ‘आफ्नो प्रतिक्रियामा गल्ती र ज्यादती भएको’ स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार प्रदर्शनको पहिलो दिनमै कम्तीमा २२ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षा बलका सदस्य पनि परेका छन् । राष्ट्रपतिले भने आधिकारिक रूपमा ‘१२ जनाको मृत्यु मात्र पुष्टि भएको र ती सबै लुटेरा वा भिडन्तमा संलग्न व्यक्ति’ भएको दाबी गरेका छन् । 

दबाब बढ्दै गएपछि राजोलिनाले सोमबार २०२१ को असफल विद्रोह प्रयासमा जेल सजाय पाएका आठ जना  लाई माफी दिएका थिए । तिनीहरूमा फ्रान्सेली–मालागासी नागरिक पल मैलोट राफानोहाराना पनि समावेश छन् । यसबीच, सहरका प्रदर्शनकारीहरूले भने राष्ट्रपतिबाट राजीनामा र माफी दुवै अपेक्षा गरेका छन्। ‘हामी चाहन्छौँ उहाँले मालागासी जनतासँग माफी माग्नुहोस् र राजीनामा दिनुहोस्’, २४ वर्षीया कानून विद्यार्थी फिनारिट्रा मनित्रा एन्ड्रियानमेलासोआले भने । अर्का प्रदर्शनकारी १९ वर्षीय स्टिभन रासोलोन्जानहरीले भने,‘हामीमध्ये धेरैका आफन्तहरू विरोधका क्रममा घाइते वा मारिएका छन्, त्यसैले अब उहाँले जिम्मेवारी लिनैपर्छ ।’

राष्ट्रपतिले केही हप्ताअघि स्थिति शान्त पार्ने प्रयासस्वरूप सम्पूर्ण सरकार बर्खास्त गरेका थिए । प्रदर्शनकारीहरूको अर्को माग पूरा गर्दै सिनेटले आइतबार आफ्नो अध्यक्ष र पूर्व जेन्डरमेरी प्रमुख रिचर्ड रावलमानानालाई पदमुक्त गरेको छ ।सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै मडागास्करमा राजनीतिक अस्थिरता र सैनिक हस्तक्षेप दोहोरिँदै आएको छ । पछिल्लो घटनाक्रमले फेरि एकपटक देशलाई गम्भीर संकटतर्फ धकेलेको छ ।

अफ्रिकी संघको सुरक्षा परिषद्ले सबै सशस्त्र सेनालाई ‘संविधानको पालना गर्न र देशको राजनीतिक मामिलामा हस्तक्षेप नगर्न’ आग्रह गर्दै संयम र शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:५७
#मडागास्करका राष्ट्रपति
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
इजरायलमा इरानको मिसाइल आक्रमण जारी सोमबार, चैत २३, २०८२
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि सोमबार, चैत २३, २०८२
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड सोमबार, चैत २३, २०८२
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु सोमबार, चैत २३, २०८२
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP