Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • जेलेन्स्कीको वासिङ्टन भ्रमण, रूसमाथि दबाबबारे छलफल हुने
जेलेन्स्कीको वासिङ्टन भ्रमण, रूसमाथि दबाबबारे छलफल हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न वासिङ्टन जाने तयारीमा रहेको घोषणा गरेका छन् । उक्त भेटवार्ताको प्रमुख उद्देश्य हवाई सुरक्षा सुदृढीकरण र रूसमाथि थप दबाब दिने रणनीतिबारे छलफल गर्नु रहेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राजनीतिज्ञहरू र कम्पनीहरूसँग पनि वार्ता गर्ने युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलमा सामेल हुने बताए  सो प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति ट्रम्पसँग भेट हुने अपेक्षा राखेको छ ।

एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्कीलाई स्वागत गर्ने योजना छ वा छैन भनेर प्रश्न गर्दा उनले छोटकरीमा ‘मलाई लाग्छ, हो’ भनेर जवाफ दिएका थिए  । ट्रम्पले उक्त प्रतिक्रिया मध्यपूर्वबाट वासिङ्टन फर्कने क्रममा गरिएको छोटो इन्धन स्टपका बेला दिएका हुन्  ।

Hardik health

जेलेन्स्कीले सप्ताहन्तमा राष्ट्रपति ट्रम्पसँग दुई पटक टेलिफोन वार्ता भएको पुष्टि गर्दै ती संवादहरूमा युक्रेनले सामना गरिरहेका ‘गम्भीर चुनौतीहरू’ - विशेष गरी रुसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा पारिरहेको प्रभाव र युद्धमैदानको अवस्थाबारे छलफल भएको जानकारी दिए ।

 “हामीले केही संवेदनशील विषयहरूमा गहन छलफल गर्‍यौँ । वार्ता ठोस थियो, तर त्यो पर्याप्त थिएन”, जेलेन्स्कीले किएभमा युरोपेली सङ्घ (इयु) का शीर्ष कूटनीतिज्ञ काजा कल्लासको भ्रमणको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भने  ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार वासिङ्टनको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री युलिया स्विरिडेन्को, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू, राष्ट्रिय सुरक्षा परिषद्का प्रतिनिधिहरू र अन्य वरिष्ठ कूटनीतिज्ञहरू समावेश भएको प्रतिनिधिमण्डल यसअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेको छ ।

जेलेन्स्कीले वासिङ्टन पुग्नेबित्तिकै अमेरिकी सैन्य कम्पनीका प्रतिनिधिहरू, सिनेटरहरू र सांसदहरूसँग थप उच्चस्तरीय बैठकहरू गर्ने योजना बनाएको बताए।  “मुख्य विषयहरू हाम्रा हवाई सुरक्षाको सुदृढीकरण र रूसमाथि थप दबाब सिर्जना गर्ने सम्भावनाहरू हुन्”, उनले जोड दिए ।


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
इजरायलमा इरानको मिसाइल आक्रमण जारी सोमबार, चैत २३, २०८२
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि सोमबार, चैत २३, २०८२
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड सोमबार, चैत २३, २०८२
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु सोमबार, चैत २३, २०८२
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP