Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी व्यापार युद्धमा ‘अन्त्यसम्म लड्ने’ चीनको चेतावनी
अमेरिकी व्यापार युद्धमा ‘अन्त्यसम्म लड्ने’ चीनको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

एएफपी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने घोषणा गरेका केही दिनमै चीनले मंगलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णय गत हप्तामा बेइजिङले दुर्लभ पृथ्वी (खनिज) तत्वहरूको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा आएको हो । ती तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ, जसले उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने बताइन्छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमार्फत नोभेम्बर १ देखि ‘कुनै पनि र सबै महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा पनि नियन्त्रण लागू गरिने घोषणा गरेका छन् । यस पछिल्लो कदमले अन्तर्राष्ट्रिय बजारमा ठूलो हलचल ल्याएको छ र दक्षिण कोरियामा हुने भनिएको राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको सम्भावित बैठकमाथि समेत प्रश्‍न उठाएको छ ।

Hardik health

‘भन्सार शुल्क युद्ध र व्यापार युद्धका विषयमा चीनको नीति अडिग छ । यदि तपाईं लड्न चाहनुहुन्छ भने, हामी अन्त्यसम्म लड्नेछौँस तर यदि वार्ता गर्न चाहनुहुन्छ भने, हाम्रो ढोका सधैँ खुला रहनेछ’, चीनको वाणिज्य मन्त्रालयका एक अज्ञात प्रवक्ताले मंगलबार जारी गरेको विज्ञप्तिमा भने, ‘संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्धात्मक कदम चाल्दै एकैसाथ वार्ता खोज्नु चीनसँग संलग्न हुने उचित तरिका होइन ।’

यसैबीच राष्ट्रपति ट्रम्पले आइतबारको अर्को पोस्टमा चीनलाई ‘मद्दत गर्ने इच्छा’ रहेको बताउँदै ‘सबै ठीक हुनेछ’ भनेर आफ्नो केही आक्रामक टिप्पणीहरू फिर्ता लिएको देखिन्छ । सोमबार प्रकाशित चीनका भर्खरैका आधिकारिक तथ्याङ्कअनुसार अमेरिकी करवृद्धिका बाबजुद सेप्टेम्बर महिनामा चीनको निर्यात लचिलो देखिएको छ । गत महिनाको निर्यात वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको छ । यो मार्चपछिको सबैभन्दा तीव्र वृद्धि हो र पूर्वानुमानभन्दा धेरै माथि पुगेको हो ।

संयुक्त राज्य अमेरिकातर्फ चीनको निर्यात ३४ अर्ब ३० करोड डलरमा पुगेको छ । यसले विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमा चिनियाँ सामानको माग अझै बलियो छ भन्‍ने देखाउँछ । हाल ट्रम्प प्रशासनले चिनियाँ वस्तुहरूमा लगाएको करका कारण ती सामानहरूले कम्तीमा ३० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेका छन् । चीनले यसको प्रत्युत्तरमा १० प्रतिशतको भन्सार शुल्क लगाएको छ ।

यस विषयले अहिले वासिङ्टनमा भइरहेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्‍व बैंकको अर्धवार्षिक बैठकमा पनि व्यापक ध्यान आकर्षित गरेको छ । ट्रम्पको करनीति र व्यापार आक्रमणको विश्वव्यापी प्रभावबारे छलफल तीव्र बनेको छ ।

यद्यपि ह्वाइट हाउसले दीर्घकालीन रूपमा यी भन्सार शुल्कहरूले अमेरिकाको अर्थतन्त्रलाई लाभदायक बनाउने दाबी गर्दै आएको छ । अधिकारीहरूले अहिले देखिएको तुलनात्मक रूपमा सीमित आर्थिक प्रभावलाई उदाहरण दिँदै आफ्नो नीतिको समर्थन गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP