Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर 
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

मुलुकको सबैभन्दा ठूलो र जेठो विद्यालय, त्रिभुवन विश्‍वविद्यालय । सरकार जिम्मेवार हुन्थ्यो भने यो विश्‍वविद्यालय पनि विश्‍वका विभिन्‍न विश्‍वविद्यालय जस्तै गर्व गर्नलायक बन्‍ने थियो । दुर्भाग्य, राज्यसत्तामा पुगेकाहरुले यसतर्फ ध्यानै दिएनन् । विश्‍वविद्यालयको सुधार त नारामै सीमित रहे नै, भएका जग्गा र अचल सम्पत्तिको संरक्षणमा पूरै बेवास्ता गरे । जसकारण त्रिभुवन विश्‍वविद्यालय (त्रिवि)को जग्गा र अचल सम्पत्तिको चरम दोहन हुन पुग्यो । विभिन्न संघसंस्था, सरकारकै निकाय तथा व्यक्तिगत रुपमा पनि यस विश्‍वविद्यालयको देशभर रहेका जग्गा अतिक्रमणमा परेको प्रतिवेदन सार्वजनिक भएको छ ।

त्रिविको जग्गा तथा अचल सम्पत्तिको चरम हिनामिना र अतिक्रमण भएको खुलासा ‘त्रिभुवन विश्‍वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१’ले गरेको हो । त्रिविको सम्पत्ति व्यवस्थापनमा सम्बद्ध सबै सरकारी पक्षको गम्भीर कमजोरी प्रतिवेदनले औंल्याएको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा सरकारको कमजोरीमा विभिन्‍न व्यक्तिदेखि धार्मिक तथा शैक्षिक संस्थाले त्रिविको जग्गामा रजाइँ गरेको उल्लेख छ ।

देशभरका त्रिविका क्याम्पसहरू र विशेषगरी कीर्तिपुर परिसरभित्र तथा बाहिरका जग्गाहरूको अवस्था अत्यन्तै कमजोर देखिएको छ । कृषि बागवानी केन्द्र, लेबोरेटोरी मावि, राधास्वामी सत्संग व्यास नेपाललगायत संघसंस्था तथा व्यक्तिद्वारा कीर्तिपुरस्थित त्रिवि विश्‍वविद्यालय क्याम्पसको जग्गामा रजाइँ गरिरहेको प्रतिवेदनले औंल्याएको छ । त्रिविको देशभरका दुई हजार रोपनीभन्दा बढी जग्गा हिनामिना भएको प्रतिवेदनमा किटान गरिएको छ ।

Hardik health

यो प्रतिवेदनलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले गुपचुप राखेको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले प्रतिवेदन सार्वजनिक गर्न चाहेनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन कार्यदल गठन भएको थियो । त्रिताल अस्वस्थ भएपछि पूर्वसहसचिव महेन्द्र थापाले खोजबिन कार्यदलको नेतृत्व गरेका थिए । थापा कार्यदलको प्रतिवेदन ओलीले लामो समय लुकाए पनि आइतबार सुशीला कार्की नेतृत्वको सरकारले सार्वजनिक गरेको हो ।
समितिले त्रिविको अतिक्रमित जग्गा तत्काल फिर्ता गराउन आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको छ । अतिक्रमणजस्ता अवैध कार्यमा संलग्न व्यक्ति तथा निकायमाथि कारबाही गर्न समितिको सुझाव छ । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मार्फत छानबिन गर्नुपर्ने भनिएको छ । त्रिविलाई बलियो स्वायत्त संस्थाको रूपमा स्थापित गर्न नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने प्रतिवेदनमार्फत समितिले सुझाएको छ ।

लामो प्रतीक्षापछि अन्ततः त्रिविको सम्पत्तिमाथि भएको दोहनको खुलासा भएको छ । पूर्ववर्ती सरकारले लुकाएको यो प्रतिवेदन सार्वजनिक हुनु स्वागतयोग्य कदम हो, तर प्रतिवेदनका सुझावहरु कार्यान्वयन नगरेसम्म यो अर्थहीन रहने छ । राज्यको लापारवाही र चरम राजनीतिकरणको सिकार बनेको त्रिविलाई उठाउन यो प्रतिवेदन कार्यान्वयन जरुरी छ । त्यसैले प्रतिवेदन कार्यान्वयनतर्फ सरकारले तत्काल कदम चालोस् ।


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP