Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महाधिवेशनमा जान कांग्रेसको अलमल किन ?
महाधिवेशनमा जान कांग्रेसको अलमल किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२
Hardik health

नेपाली कांग्रेसको महाविधेशन मंसिरभित्र भइसक्नुपर्छ । तर आफूलाई लोकतन्त्रको हिमायती ठान्ने दल कांग्रेसले अझै पनि महाधिवेशन गर्ने सुरसार गरेको छैन । भदौ २३ र २४ को जेन–जी विद्रोहपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वप्रति चर्को आलोचना सुरु भइसकेको छ । कारण, एकै व्यक्तिबाट लामो समय देश शासित हुनुपरेकोमा हो । यो बीचमा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । माओवादीले केन्द्रीय समिति भंग गर्दै महाधिवेशन आयोजक समितिसमेत गठन गरिसकेको छ ।

यता महाधिवेशन गर्न वर्ष दिन बाँकी रहेको एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने तयारी गरेको छ । सचिवालय बैठकले महाधिवेशनको मिति तय गरे पनि असोज २९ गतेबाट सुरु हुने केन्द्रीय कमिटीले यसलाई अनुमोदन गर्नुपर्ने छ । नेतृत्वमा जो आउला, त्यो भविष्यले बताउने छ नै । तर आफ्नै अहमताका कारण सडकमा पुगेका दुई दलले महाधिवेशन घोषणा गरिसक्दा मिति गुज्रिन लागेको कांग्रेसले भने अझै महाधिवेशनको मिति तोकेको छैन ।
हरेक संकटमा नेतृत्व वा अगुवाइ गर्ने दलको रुपमा चिनिन्छ कांग्रेसलाई । २००७ सालदेखि विभिन्न राजनीतिक उतारचढावहरुमा कांग्रेसले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । २०१७ मा राजा महेन्द्रको कूपछि २०३६ मा देश जोगाउन भन्दै मेलमिलापको नीति लिएर बिपी कोइराला भारतबाट देश फर्र्किए । २०४७ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईकै नेतृत्वमा संविधान जारी भयो । २०५२ बाट सुरु भएको माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरी नयाँ संविधान कांग्रेसकै नेतृत्वमा जारी भयो । २०७४ मा कमजोर अवस्थामा पुगेको कांग्रेसले आफैं हारेर पनि निर्वाचन गरायो । बामपन्थी दलहरुको झगडाका कारण प्रतिनिधिसभा विघटन भएर संकटमा पुगेको बेला २०७८ मा चुनावी सरकारको नेतृत्व लिएर कांग्रेसले निर्वाचन गरायो ।

यस्तै अप्ठेरो परिस्थितिहरुमा कांग्रेसले देशको अवस्था सम्हाल्दै आएको छ । यसैले पनि अहिलेका संकट पार लगाउने जिम्मेवारीबाट कांग्रेस पन्छिन मिल्दैन । यसका लागि मुख्य बाटो भनेको निर्वाचनमा जानु हो । निर्वाचनमा यही नेतृत्व लिएर जाँदा कांग्रेसलाई निकै नोक्सान पुग्ने कांग्रेसकै नेताहरुले बताइरहेका छन् । त्यसैले तत्काल महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुमा नै कांग्रेसको भलाइ हुने देखिन्छ । असोज २८ बाट बस्ने केन्द्रीय समितिले कांग्रेसको अबको महाविधेशन तोकोस् ।
 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP