जेरुसेलम- इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ ।
रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा भने, “बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतङ्कवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ । मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु ।”