Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
विश्व
  • Home
  • विश्व
  • प्रधानमन्त्री मोदीसँग भेटपछि अमेरिकी दूत गोर ‘आशावादी’
प्रधानमन्त्री मोदीसँग भेटपछि अमेरिकी दूत गोर ‘आशावादी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

एएफपी-  भारतका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो पहिलो औपचारिक भेटवार्ता सम्पन्न भएपछि आगामी दिनमा भारत–अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । दुवै नेताबीच व्यापार, रक्षा, प्रविधि र महत्त्वपूर्ण खनिज क्षेत्रबारे विस्तृत छलफल भएको जनाइएको छ ।

गोर र मोदीबीचको यो बैठक विश्वका दुई ठूला प्रजातान्त्रिक राष्ट्रबीच पछिल्ला महिनामा उत्पन्न केही नीतिगत असहमति र आर्थिक तनावका बीचमा भएको हो । पछिल्ला विवादहरूमा कर वृद्धि, व्यापार सम्झौतामा ढिलाइ र एच–१ बी कुशल कामदार भिसाको वार्षिक शुल्कसम्बन्धी अमेरिकी नीतिगत परिवर्तनहरू रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पछिल्ला दिनहरूमा बढ्दो दबाब दिएका थिए । दशौँ वर्षदेखि अमेरिकाली नीति निर्माता र विश्लेषकहरूले भारतलाई चीनको सन्तुलनका रूपमा हेर्दै आएका भए पनि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेका कारण भारतमाथि कडा कर लगाएको थियो । वासिङ्टनले यस कदमलाई युक्रेन युद्धमा मस्कोलाई सहयोग पुर्‍याएको दाबी गरेको छ ।
गत हप्ता अमेरिकी सिनेटबाट आफ्नो नियुक्ति पुष्टि भएपछि गोरले नयाँदिल्लीमा आफ्नो पहिलो औपचारिक वक्तव्य दिँदै भारत–अमेरिका सम्बन्धलाई सम्मान र विश्वासमा आधारित बनाउन चाहेको बताएका थिए । ‘हामीले प्रधानमन्त्री मोदीसँग रक्षा, व्यापार, प्रविधि र पारस्परिक हितका विषयमा फलदायी छलफल गर्‍यौँ’, गोरले शनिबार राति अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भने,‘हामीले दुवै राष्ट्रका लागि महत्त्वपूर्ण खनिजहरूको सामरिक मूल्य र सहकार्यका सम्भावनाबारे पनि चर्चा गर्‍यौँ ।’

Hardik health

गोरले अमेरिकाले भारतसँगको साझेदारीलाई गहिरो प्राथमिकतामा राखेको उल्लेख गर्दै भने,‘म हाम्रा दुवै राष्ट्रका लागि आउने दिनहरूबारे निकै आशावादी छु ।’
प्रधानमन्त्री मोदीले पनि गोरसँगको भेटलाई सौहार्दपूर्ण बताउँदै भारतमा उनको ‘सफल कार्यकाल’ को शुभकामना व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, उहाँको कार्यकालले भारत–अमेरिका व्यापक रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखे । गोरले भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र शीर्ष कूटनीतिज्ञ विक्रम मिस्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे । यी भेटवार्ताहरू हालै ट्रम्प र मोदीबीच भएका व्यापार वार्तासम्बन्धी संवाद र मेलमिलापपूर्ण सङ्केतहरूका क्रममा भएको बताइन्छ ।

यसै सन्दर्भमा यस हप्ताको सुरुमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई फोन गरी ‘ऐतिहासिक गाजा शान्ति योजनाको सफलता’ का लागि बधाई दिएका थिए । उनले संयुक्त राज्य अमेरिकालाई ‘भारतको घनिष्ठ मित्र र प्राकृतिक साझेदार’ का रूपमा वर्णन गरेका थिए । यद्यपि सार्वजनिक बयानहरू सौहार्दपूर्ण भए पनि पछिल्ला वर्षमा केही विवादास्पद नीति र आर्थिक तनावका कारण दुई देशबीचको सम्बन्ध कहिलेकाहीँ जटिल बनेको छ । विश्लेषकहरूले यस अवस्थाले भारतलाई चीनसँग सम्बन्ध सुधार गर्ने नयाँ अवसर खोज्न प्रेरित गरेको बताउँछन् ।
सन् २०२० मा भएको घातक सीमा झडपपछि भारत–चीन सम्बन्ध चिसिएको थियो । त्यसपछि नयाँदिल्लीले चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध लगायो र संवेदनशील क्षेत्रमा चिनियाँ लगानीलाई रोक लगायो ।

भारत अमेरिकासँग व्यापार सम्झौता सुरु गर्ने पहिलो मुलुकहरूमध्ये एक भए पनि अहिलेसम्म आफ्नो कर भार करिब ५० प्रतिशतले घटाउने सम्झौता गर्न असफल भएको छ । राजदूत गोर भने ‘रक्षा र आर्थिक साझेदारीको नयाँ युग’ सुरु गर्न भारत र अमेरिका दुवै देश तयार छन् भन्नेमा विश्वस्त रहेका छन् ।


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन शुक्रबार, मंसिर १२, २०८२
विश्वकाे  पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र
विश्वकाे पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र शुक्रबार, मंसिर १२, २०८२
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने शुक्रबार, मंसिर १२, २०८२
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान शुक्रबार, मंसिर १२, २०८२
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP