Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
समाचार
  • Home
  • समाचार
  • विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल
विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताएका छन् ।

उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिए । सञ्चार मन्त्री खरेलले भने,‘यो  दर्ता प्रक्रिया  सम्भवत तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसैँ परेकाले प्रक्रियागतरुपमा मिलाउन पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णयभएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढने विश्‍वास दिलाए ।

Hardik health

अरु सरकारी निकाय जस्तो ढिलासुस्तीको अनुभूति  सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उनले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक  सहयोग हुँदैआएको बताए । 

मन्त्री खरेलले भने,‘तपाईंहरुले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिकाबीचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने  चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’

उनले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुने गरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हरसम्भव प्रयत्न हुने दृढता व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताइन् । विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो
नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो आइतबार, असोज २६, २०८२
‘सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ’
‘सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ’ आइतबार, असोज २६, २०८२
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो आइतबार, असोज २६, २०८२
हिमपातले अवरुद्ध न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन
हिमपातले अवरुद्ध न्यालु खण्डको हिउँ पन्छाउन स्काभेटर परिचालन आइतबार, असोज २६, २०८२
धानबालीमा फड्के कीराको सङ्क्रमण
धानबालीमा फड्के कीराको सङ्क्रमण आइतबार, असोज २६, २०८२
शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा
शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आइतबार, असोज २६, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP