Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • टेनेसीको विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु
टेनेसीको विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

वासिङ्टन - अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो ।

शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो । कम्पनीले सैन्य प्रयोजनका साथै विध्वंसका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवनहरू पूर्णरूपमा ध्वस्त पारेको, माइलौँ टाढाका घरहरू हल्लिएको र भग्नावशेष हावामा उडिरहेको दृश्यहरू प्रत्यक्षदर्शीहरूले देखेको जनाएका छन् ।

Hardik health

“प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ”, हम्फ्रीज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भने । उनका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण सुरुमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’ का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ । तर, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक्यानले ‘हामी अहिले पनि विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुग्न सकेका छैनौँ’ भन्दै अनुसन्धान अझै जारी रहेको जानकारी दिए ।

शेरिफ डेभिसले भने, “यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन । यसबारे निष्कर्षमा पुग्न केही दिन, हप्ता वा महिना पनि लाग्न सक्छ ।” अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्।  बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बारम्बार खतराको सम्भावना देखिँदा बोलाइने गरिएको शेरिफले बताए ।घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP