Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
विश्व
  • Home
  • विश्व
  • इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु
इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

एएफपी- इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो ।

दूतावासका अनुसार मृतक सबै जना कूटनीतिक प्रतिनिधिमण्डलका सदस्य थिए । उनीहरू पछिल्ला दिनहरूमा गाजाको युद्धविराम र बन्धक मुक्तिका विषयमा भइरहेको वार्तामा सहभागी हुन लाल सागरको किनारमा अवस्थित शार्म अल–शेख सहर आएका थिए ।

इजिप्टेली राज्य–सम्बन्धित समाचार संस्था अल–काहेरा न्युजका अनुसार गाडीको स्टियरिङ नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त गाडीमा पाँच जना कतारी र एक जना इजिप्टेली चालक रहेका थिए ।

Hardik health

कायरोस्थित कतारी दूतावासले एक विज्ञप्ति जारी गर्दै तीन कूटनीतिज्ञको निधनप्रति ‘गहिरो दुःख र समवेदना’ व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘मृतक र घाइतेहरूलाई आज नै विशेष कतारी विमानमार्फत दोहा लगिनेछ ।’ साथै, दुई जना घाइतेलाई हाल शार्म अल–शेख अन्तर्राष्ट्रिय अस्पतालमा आवश्यक उपचार दिइरहेको उल्लेख गरिएको छ ।

कतारले पछिल्ला महिनाहरूमा गाजाको युद्धविरामका लागि इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर सक्रिय मध्यस्थता गर्दै आएको छ । उक्त प्रयासका क्रममा इजरायलले गत शुक्रबार बिहान ०९०० जिएमटीदेखि युद्धविराम लागू भएको घोषणा गरेको थियो ।

यसैबीच शार्म अल–शेख सहरले सोमबारदेखि सुरु हुने शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको छ । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त अध्यक्षता गर्नेछन् । 

यो बैठकमा गाजा पट्टीमा जारी युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १२:०९
#इजिप्टमा सडक दुर्घटना
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन शुक्रबार, मंसिर १२, २०८२
विश्वकाे  पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र
विश्वकाे पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र शुक्रबार, मंसिर १२, २०८२
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने शुक्रबार, मंसिर १२, २०८२
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान शुक्रबार, मंसिर १२, २०८२
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP