Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिक अस्थिरताले पर्यटनमा धक्का
राजनीतिक अस्थिरताले पर्यटनमा धक्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

मुलुकको राजनीति सामान्य अवस्थामा भएको भए यतिखेर विदेशी पर्यटकहरु धमाधम भित्रिने समय हो । किनकि, मनसुन अन्त्यसँगै मुलुकमा पर्यटकीय सिजन सुरु भइसकेको छ । तर, यो वर्ष पर्यटन क्षेत्रमा उत्साह छैन । मुख्य सिजनमै पर्यटक आगमन घटेपछि पर्यटन व्यवसायीहरु निराश देखिन्छन् । पटक–पटक राजनीतिक अस्थिरताका कारण प्रभावित बनेको पर्यटन क्षेत्रमा यसपटक जेन–जी आन्दोलनले पुनः धक्का पु¥याएको छ । २०७२ सालको भूकम्प र त्यसपछि विश्वव्यापी कोरोना महाभारीको समय धराशायी बनेको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कंदै थियो । जेन–जी आन्दोलनले त्यसमा पुनः ‘ब्रेक’ लगाइदिएको छ ।

‘पर्यटनबाटै समृद्धि’ को नारा लगाउने सरकार र राजनीतिक दलहरु यो क्षेत्रका लागि आवश्यक वातावरण निर्माणमा असक्षम बनेको तथ्य कतै लुकेका छैन । पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा पनि दलहरु नै मुख्य जिम्मेवार हुन् । जब देशमा राजनीतिक अस्थिरता हुन्छ, विदेशी पर्यटक आउँदैनन् । अस्थिरताका बेला नेपाल आउँदा आफ्नो कार्यतालिका प्रभावित हुने त छँदै छ, सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील हुने भएकोले पर्यटक आउन चाहँदैनन् । पर्यटक भित्र्याउनका लागि उनीहरुलाई सुरक्षाको ग्यारेण्टी दिन सक्नुपर्छ । जब सुरक्षित महसुस हुँदैन भने कोही पनि नेपाल आउन चाहँदैनन् ।

जेन–जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड, आगजनीलगायत घटनाले विश्वमा नै नराम्रो सन्देश गएको छ । उक्त आन्दोलनले सत्ता नै परिवर्तन गरी चुनावतर्फ मुलुकलाई धकेलेको छ । अझै पनि राजनीति कुन बेला के हुने हो भन्ने निश्चित छैन । चुनावी माहोल बढ्दै जाँदा हिंसात्मक गतिविधि बढ्ने आशंकामा पनि अधिकांश विदेशी पर्यटकहरु यो सिजन नेपाल आउन नचाहेको व्यवसायीहरु बताउँछन् । यो सिजनका लागि बुकिङ गरिसकेका कयौं पर्यटकले आफ्नो भ्रमण रद्द गरेका उनीहरुको भनाइ छ । व्यवसायीहरुले भनेजस्तै परिणाम पर्यटक आगमनको संख्यामा देखिएको छ । गत वर्षभन्दा बढ्ने अपेक्षा गरिएको पर्यटक संख्या यो वर्ष सिजनको सुरुआतमै घट्न पुगेको छ ।

Hardik health

राजनीतिक अस्थिरतालाई कारण देखाउँदै पर्यटकले धमाधम भ्रमण कार्यक्रम रद्द गरेसँगै धेरै व्यवसायीहरु कामविहीन बनेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित सयौं श्रमिकहरुको रोजीरोटी बन्द भएको छ । साथै, पर्यटनसँग सम्बन्धित होटल, होमस्टे, यातायातलगायत क्षेत्र पनि प्रभावित बनेका छन् । यसले मुलुकमा विदेशी मुद्रा भित्र्याउने अवसर पनि गुमेको छ । यसबाट मुलुकको अर्थतन्त्रमा धक्का लाग्ने निश्चित भएको छ ।

पर्यटकीय सिजनमा व्यहोरेको यो क्षतिलाई पूर्ति गर्न सम्भव छैन । अबको बाटो भनेको मुलुकलाई छिटो संक्रमणबाट मुक्त गरी राजनीतिक स्थिरतातर्फ अगाडि बढाउनु हो । फागुन २१ का लागि तोकिएको निर्वाचन सफल बनाई स्थायी सरकार निर्माण गरी मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य गर्न राजनीतिक दल र सरोकारवाला सबैको ध्यान पुग्न जरुरी छ । पर्यटनको अथाह सम्भावना छ भन्ने तर वातावरण नबनाउने प्रवृत्ति तोड्नुपर्ने आजको प्रमुख आवश्यकता हो । यसतर्फ सरोकारवाला सबै जिम्मेवार बनोस् । विश्वलाई नेपाल सुरक्षित छ भन्ने सन्देश दिन ढिलाइ नगरौं ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP