Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानमा गठबन्धन भंगपछि राजनीतिक संकट
जापानमा गठबन्धन भंगपछि राजनीतिक संकट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२

टोकियो- सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि देश राजनीतिक अनिश्चिततामा फसेसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइचीको राजनीतिक यात्रा ठूलो संकटमा परेको छ ।

तकाइचीले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व एक हप्ताभन्दा कम समयअघि सम्हाल्नुभएको थियो र यो महिनामै संसद्बाट प्रधानमन्त्रीका रूपमा अनुमोदन हुने अपेक्षा गरिएको थियो । तर, २५ वर्षदेखि लगभग निरन्तर सत्तामा रहेको एलडिपी–कोमेइतो गठबन्धनको अन्त्यले जापानलाई नयाँ राजनीतिक संकटमा धकेलेको छ ।

गठबन्धन भङ्गको घोषणासँगै जापानी मुद्रा येन डलरको तुलनामा घट्यो भने निक्केई सेयर सूचकांक एक प्रतिशतले तल झर्‍यो ।“हामीले एलडिपी–कोमेइतो गठबन्धनलाई अहिलेका लागि अन्त्य गर्दै सम्बन्ध पुनर्विचार गर्न चाहन्छौँ । हाम्रो मागहरूमा एलडिपीको स्पष्ट र ठोस सहयोग नपाएकाले यो निर्णय लिन बाध्य भएका हौँ”, कोमेइतोका प्रमुख तेत्सुओ साइटोले पत्रकारहरूलाई भने, “यदि आवश्यक सुधारहरू हासिल गर्न असम्भव भयो भने साने तकाइचीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु हाम्रो लागि पूर्ण रूपमा असम्भव हुनेछ ।”

Hardik health

मिडिया रिपोर्टहरूका अनुसार साइटो तकाइचीको एलडिपीभित्रको हालैको ‘स्लस फन्ड स्क्यान्डल’ सम्बन्धी जवाफप्रति असन्तुष्ट हुन् । कोमेइतोले भने बजेट योजना र दुवै पार्टीले तयार पारेका अन्य कानूनहरूमा सहयोग जारी राख्ने बताएको छ । तकाइचीले गत वर्ष पदभार सम्हालेका प्रधानमन्त्री सिगेरु इसिबालाई प्रतिस्थापन गर्ने तयारी गर्नुभएको थियो । तर, मुद्रास्फीति र एलडिपीभित्रको वित्तीय घोटालाका कारण गठबन्धनले संसद्को दुवै सदनमा बहुमत गुमाएको थियो ।

कोमेइतो, तकाइचीको रूढीवादी धारणाप्रति पनि असहज रहेको बताइएको छ । उनी विगतमा युद्ध अपराधीहरूलाई समेत सम्मान गर्ने यासुकुनी मन्दिरमा नियमित रूपमा जाने गर्थिन्। उनका गुरु स्वर्गीय सिन्जो आबेले सन् २०१३ मा प्रधानमन्त्रीका रूपमा उक्त मन्दिरको अन्तिम भ्रमण गरेका थिए, जसले चीन, दक्षिण कोरिया र अमेरिका सबैको असन्तुष्टि निम्त्याएको थियो ।

यसै सन्दर्भमा, स्थानीय मिडियाले यो शरद ऋतुमा (अक्टोबर १७ देखि १९) हुने चाडपर्वका क्रममा तकाइचीले मन्दिर भ्रमण नगर्ने सम्भावना रहेको बताएको छ ।  मार्गरेट थ्याचरलाई आफ्नो आदर्श मान्ने ६४ वर्षीया तकाइचीले शनिबार एलडिपीको नेतृत्व जितेपछि ‘नयाँ युगको सुरुआत’ भएको बताएकी थिइन् । उनले युवा र लोकप्रिय राजनीतिज्ञ सिन्जिरो कोइजुमीलाई हराएकी थिइन् । कोइजुमी ४४ वर्षको उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्न सक्ने सम्भावनामा थियाे र  एलडिपीभित्र पुस्ता परिवर्तनको प्रतीक मान्थिन्  ।

तर, स्यानसेइतो जस्ता आप्रवासन विरोधी साना दलहरूका लागि जनसमर्थन बढ्दै जाँदा एलडिपीको लोकप्रियता घट्दै गएको छ । यदि तकाइची प्रधानमन्त्री बन्दै हुनुहुन्छ भने पनि उहाँले वृद्ध हुँदै गएको जनसङ्ख्या, कमजोर अर्थतन्त्र, आप्रवासनबारे बढ्दो असहजता र भूराजनीतिक तनावजस्ता गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । प्रधानमन्त्रीका रूपमा उहाँको पहिलो औपचारिक कर्तव्यमध्ये एक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत हुनेछ । ट्रम्प अक्टोबरको अन्त्यतिर जापान भ्रमणमा आउने तयारीमा रहेको बताइएको छ ।

Powered By  Orson Infotech
 


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP