Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै
नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२

ओस्लो- विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दैछ । विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ । यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी तीव्र बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार मिल्ने सम्भावना केहीले औँल्याए पनि लामो समयदेखि नोबेल अवार्डका पर्यवेक्षकहरूले उनको सम्भावना न्यून रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार विदेशी नीतिमा उहाँले देखाउनुभएको उल्लेखनीय हस्तक्षेप र त्यसको श्रेय लिन गरेको प्रयासका बाबजुद पनि पुरस्कार प्राप्त गर्ने सम्भावना कम छ ।

शान्ति अनुसन्धान संस्थान ओस्लोद्वारा सम्भावित विजेताको रूपमा उद्धृत नामहरूमा सुडानको इमर्जेन्सी रेसपोन्स रुम (देशको गृहयुद्धमा मानवतावादी सहयोगको मेरुदण्ड बनेको समुदाय) आधारित नेटवर्क, अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का साथै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट रहेका छन् ।

Hardik health

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट अमेरिकास्थित गैर–नाफामुखी सङ्गठन हो, जसले प्रेस स्वतन्त्रताको संरक्षण र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारहरूको अभिलेख तयार गर्ने कार्य गर्दै आएको छ । गत वर्षको नोबेल शान्ति पुरस्कार जापानको ‘निहोन हिडान्क्यो’ संस्थालाई प्रदान गरिएको थियो ।

यो संस्था हिरोशिमा र नागासाकीमा भएको आणविक विस्फोटबाट बचेका व्यक्तिहरूद्वारा स्थापन गरिएको आन्दोलन हो, जसले दशकौँ देखि आणविक हतियारको प्रयोगविरुद्ध अन्तर्राष्ट्रिय निषेध कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । नोबेल पुरस्कारहरू मध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार- चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य - यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् ।

सोमबार चिकित्सा, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेताहरू घोषणा गरिएका हुन् । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP