Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार, चुनावी वतावरण सिर्जना गराऔं
सरकार, चुनावी वतावरण सिर्जना गराऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२

जेन–जी विद्रोहपछि बनेको सरकारले पाएको म्याण्डेट हो, चुनाव सम्पन्न गराउने । फागुन २१ भित्र मध्यावधि गराउने म्याण्डेट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई छ । यद्यपि, जेन–जी विद्रोहको अर्को मुख्य माग हो भ्रष्टाचार नियन्त्रण । यसका लागि आगामी चुनावबाट जनादेश लिएर आउन जेन–जीलगायत यो आन्दोलनमा होमिएकाहरुलाई अवसर छ । व्यवस्था र संविधान संशोधन गर्ने थलो संसद् हो । जनताबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार अन्त्यदेखि सुशासन कायममा काम गर्न सक्छन् ।

अहिले सरकारलाई भड्काउने खेलमा विभिन्न पक्ष लागेको देखिन्छ । सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भड्काउपूर्ण अभिव्यक्ति दिन थालेका छन् । आफूलाई सरकारले केही गर्न नसक्ने र चुनाव पनि नहुने उनको तर्क देखिन्छ । बोलीमा लगाम नभएको ओलीकै कारण देशले यस्तो दूर्गति भोग्नुपरेको छ । यस्तो अवस्थामा कार्की नेतृत्वको सरकार संयमित भएर लाग्नुपर्छ । पछिल्लो दिन नेकपा माओवादी केन्द्रले चुनावलाई साथ दिने देखिन्छ भने वार्ता र संवाद कायमै राखे नेपाली कांग्रेसले पनि सरकारलाई साथ दिने देखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा चुनावमा केन्द्रित हुन सुझाएका छन् । यसैले देशलाई मुठभेडतर्फ लैजानुभन्दा पनि शान्तिपूर्ण वातावरण सिर्जना गराउनु सरकारको मुख्य काम हो । यसलाई सहजीकरण गर्न सरकारले सबैसँग समन्वय गर्नुपर्छ ।जेन–जी आन्दोलनका क्रममा सबैभन्दा त्रासमा कर्मचारीहरु देखिन्छन् । नेतादेखि कार्याकर्ताको घरमा आगजनी गरेका जेन–जी समर्थकहरुको अबको तारो आफूहरु बन्नुपर्ने हो कि भनेर कर्मचारी त्रासमा छन् । त्रास र डरमा उनीहरुले सरकारलाई सघाउने वातावरण नबन्न सक्छ । किनभने सरकारमा जोसुकै आए पनि काम गराउनुपर्ने कर्मचारीमार्फत नै हुन्छ । यस्तो अवस्थामा कर्मचारीलाई तर्साउने, धम्क्याउनेभन्दा पनि विश्वासमा लिएर काम गर्दा चुनावमात्र हैन अरु काम पनि सफल हुन्छन् । यसका लागि सरकारले विज्ञहरुको प्रयोग गरी चाँडोभन्दा चाँडो दलहरुसँग छलफल गर्नुपर्छ ।

Hardik health

जेन–जी आन्दोलनको क्रममा दोषी देखिने पात्रहरुलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा अहिले नै तातिनुभन्दा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पर्खिंदा राम्रो हुन्छ । प्रमाणसहितको प्रतिवेदनले औंल्याएका दोषीलाई कारबाही गर्दा सरकारले पनि वाहवाही पाउने छ भने अभियुक्तहरु उम्कने बाटो हुँदैन । अहिले कुनै प्रमाणविना पक्रन खोज्दा वातावरण बिग्रिन सक्छ । त्यसैले कार्की नेतृत्वको सरकारले सुझबुझपूर्ण रणनीति अपनाउँदै चुनावी वातावरण बनाएर आफ्नो दायित्व पूरा गर्नुपर्छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP