Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ
राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

बर्सेनि आउने मौसमी विपद्ले मुलुकमा ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । यो वर्ष पनि उही अवस्था दोहोरियो । यही असोज १७ गतेपछिको मनसुनी विपद्ले मात्रै ५३ जनाको ज्यान लिएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ । यो बुधबारसम्मको तथ्यांक हो । यो वर्ष सरकारको पूर्वतयारीका कारण अझ धेरै क्षति हुनबाट जोगियो । जल तथा मौसम विभागले हप्ता दिनअघि नै भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको थियो । सोहीअनुसार सरकारका निकायहरुले विपद् जोखिम क्षेत्रमा सतर्कता अपनाउन नागरिकलाई सचेत गराए । राजमार्गहरु बन्द गरियो । जसले धेरै हदसम्म सम्भावित क्षति न्यूनीकरणमा भूमिका खेल्यो । सरकारले यसपटक गरेको पूर्वतयारीको चौतर्फी प्रशंसा पनि भयो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज १७ यताको विपद्मा मृत्यु भएकामध्ये पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जना रहेका छन् । पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भयो । पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् । बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक/एक जना रहेका छन् । बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका छन् । मनसुनी विपद्मा परेर उक्त अवधिमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका छन् । 

सरकारले विपद् पूर्वतयारीमा जस्तै अब तत्काल विपद्बाट प्रभावितहरुको राहत र पुनस्र्थापनामा पनि काम गर्नुपर्छ । त्यसो त अहिले विभिन्न तहबाट प्रभावितहरुलाई केही सहयोग भइरहेको छ । यद्यपि, प्रभावकारी रुपमा संघीय सरकारले प्रभावितसमक्ष राहत पु¥याउन जरुरी छ । पीडितलाई दिइने राहत एकीकृत प्रणालीबाट जान जरुरी छ । 

Hardik health

प्राधिकरणका अनुसार पछिल्लो मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएका थिए । यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पु¥याएको थियो । अहिले मनसुन बाहिरिन सुरु भइसकेकोले पुनस्र्थापनाको कामलाई तीव्रता दिनुपर्छ । उक्त मनसुनी वर्षापछिको बाढी र पहिरोले अवरुद्ध बनेका राजमार्ग तथा सडकहरु अझैसम्म खुल्न सकेका छैनन् । राजमार्ग बन्द हुँदा दसैं मनाउन काठमाडौंबाट बाहिर गएकाहरु फर्कन सकस भइरहेको छ । राजमार्ग तथा सडकहरु खुलाउने कामलाई थप तीव्रता दिन पनि सरकारको ध्यान जाओस् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP