Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ
राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

बर्सेनि आउने मौसमी विपद्ले मुलुकमा ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । यो वर्ष पनि उही अवस्था दोहोरियो । यही असोज १७ गतेपछिको मनसुनी विपद्ले मात्रै ५३ जनाको ज्यान लिएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ । यो बुधबारसम्मको तथ्यांक हो । यो वर्ष सरकारको पूर्वतयारीका कारण अझ धेरै क्षति हुनबाट जोगियो । जल तथा मौसम विभागले हप्ता दिनअघि नै भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको थियो । सोहीअनुसार सरकारका निकायहरुले विपद् जोखिम क्षेत्रमा सतर्कता अपनाउन नागरिकलाई सचेत गराए । राजमार्गहरु बन्द गरियो । जसले धेरै हदसम्म सम्भावित क्षति न्यूनीकरणमा भूमिका खेल्यो । सरकारले यसपटक गरेको पूर्वतयारीको चौतर्फी प्रशंसा पनि भयो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज १७ यताको विपद्मा मृत्यु भएकामध्ये पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जना रहेका छन् । पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भयो । पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् । बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक/एक जना रहेका छन् । बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका छन् । मनसुनी विपद्मा परेर उक्त अवधिमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका छन् । 

सरकारले विपद् पूर्वतयारीमा जस्तै अब तत्काल विपद्बाट प्रभावितहरुको राहत र पुनस्र्थापनामा पनि काम गर्नुपर्छ । त्यसो त अहिले विभिन्न तहबाट प्रभावितहरुलाई केही सहयोग भइरहेको छ । यद्यपि, प्रभावकारी रुपमा संघीय सरकारले प्रभावितसमक्ष राहत पु¥याउन जरुरी छ । पीडितलाई दिइने राहत एकीकृत प्रणालीबाट जान जरुरी छ । 

Hardik health

प्राधिकरणका अनुसार पछिल्लो मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएका थिए । यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पु¥याएको थियो । अहिले मनसुन बाहिरिन सुरु भइसकेकोले पुनस्र्थापनाको कामलाई तीव्रता दिनुपर्छ । उक्त मनसुनी वर्षापछिको बाढी र पहिरोले अवरुद्ध बनेका राजमार्ग तथा सडकहरु अझैसम्म खुल्न सकेका छैनन् । राजमार्ग बन्द हुँदा दसैं मनाउन काठमाडौंबाट बाहिर गएकाहरु फर्कन सकस भइरहेको छ । राजमार्ग तथा सडकहरु खुलाउने कामलाई थप तीव्रता दिन पनि सरकारको ध्यान जाओस् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP