काठमाडाैं -अमेरिकाबाट ७ नेपालीलाई विभिन्न अपराधमा देशनिकाला गरेको छ। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि २०२५ जनवरीदेखि जुलाईसम्म ७ नेपालीलाई विभिन्न अपराधमा देशनिकाला गरिएको हाे ।
आईसीईका अनुसार अधिकांश नेपाली यौन अपराधमा संलग्न रहेकाे खुलाइएकाे छ । तीमध्ये कसैले यौन दुर्व्यवहार, चोरी, आक्रमण, रक्सी खाएर गाडी चलाउने, नाबालिगको यौन शोषणजस्ता अभियोग भोगेका थिए।
देशनिकाला गरिएका ती नेपालीहरू न्युयोर्क, टेक्सस, भर्जिनिया, एरिजोना र मेरिल्यान्डमा बसोबास गर्दै आएकाे जनाइएकाे छ । समग्रमा, ट्रम्पको दोस्रो कार्यकालपछि सेप्टेम्बर ३० सम्म अमेरिकाबाट २६८ नेपाली (२२६ पुरुष र ४२ महिला) निकालिएका छन्।