Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आवेशमा होइन, संयमतापूर्वक अघि बढौं
आवेशमा होइन, संयमतापूर्वक अघि बढौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २२, २०८२

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको भरमा बनेको वर्तमान सरकारको मुख्य कार्यभार प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकारको नेतृत्वमा छिन् । सरकार गठनलगत्तै आगामी २१ फागुनका लागि निर्वाचन मिति तोकिसकिएको छ । सोही मितिमा निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाएकी छन् । यहीबीच निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही निर्वाचनमा सहभागी गराउन मतदाता नामावली संकलन कार्यसमेत जारी राखेको छ ।

वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्न निर्वाचनबाहेकको विकल्प कुनै छैन । तर, पछिल्लो गतिविधिले घोषित मितिमा निर्वाचन हुनेमा आशंका बढाउँदै लगेको छ । जेन–जी अभियन्ताहरुले विभिन्न माग राखी सरकारमाथि दबाब बढाउँदै जाँदा आन्दोलनबाट सत्ताच्युत बनेका राजनीतिक दलहरु पनि प्रतिरोधमा उत्रने संकेत देखिएको छ । जसले मुलुकलाई फेरि अर्को अन्योलता र द्वन्द्वतर्फ धकेल्ने त होइन ? प्रश्न उठेको छ ।

जेन–जी अभियन्ताहरु निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने भन्दै दबाबमूलक अभियानमा लाग्दा त्यसको प्रतिरोधमा नेकपा एमाले उभिएको छ । मंगलबार जेन–जी प्रदर्शनको घटनालाई लिएर दुवैपक्षले काठमाडौं प्रहरी परिसरमा एक अर्काविरुद्ध जाहेरी दिएका छन् । जेन–जी अभियन्ताहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न मागसहित जाहेरी दिएका हुन् । जेन–जी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएर आन्दोलनकारीको हत्यामा जिम्मेवार रहेको आरोप लगाइएको छ । 

Hardik health

अर्कोतर्फ एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपाल नामक संस्थासँग आबद्ध जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमै जाहेरी दिएका छन् । सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति नाश गरिएको र प्रहरीहरूको हत्या अभियोगमा साह र गुरुङलाई पक्राउ गर्नुपर्ने अखिलको माग छ ।

यसरी दुई पक्षबीच उजुरीको दोहोरी चल्दा निर्वाचन बिथोलिने आशंका बढेको हो । अर्कोतर्फ नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गर्ने तयारी गरिरहेको बताइएको छ । यदि मुद्दा परे अदालतबाट आउने फैसलाले अर्को मोडतर्फ लैजानसक्छ । जुनसुकै कारणले घोषित मितिमा निर्वाचन नहुने अवस्था आए राजनीतिक अन्योलता थप जटिल बन्ने निश्चित छ ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दासम्म दलहरुसँग न सरकारले न त आयोगले छलफल गरेको छ । दलहरुसँगको समन्वय र दलको सहयोग एवं सहभागिताविना निर्वाचन असम्भव छ । त्यसैले सरकार र निर्वाचन आयोगले तत्काल दलहरुसँग छलफल गरी समन्वयसाथ अगाडि बढ्नुपर्छ । दलहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण सरकारले बनाउनुपर्छ । यता जेन–जीपक्षले पनि निर्वाचन गराउन सरकारलाई सहयोग गर्नुपर्छ । आन्दोलनमा भएको दमन र क्षतिकोबारेमा अनुसन्धान गर्न जाँचबुझ आयोग बनिसकेकोले आयोगलाई स्वतन्त्ररुपमा काम गर्न दिऔं । आयोगको प्रतिवेदन नआउँदासम्म कोही पनि आवेशमा अघि नबढौं ।
 


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP