Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • उजुरी जुहारीले अप्ठेरोमा सरकार
उजुरी जुहारीले अप्ठेरोमा सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २२, २०८२
  • सोमबार ‘एरेस्ट केपी शर्मा ओली’, ‘एरेस्ट रमेश लेखक’ अभियान चलाएका जेन–जी अभियन्ता मंगलबार प्रहरी परिसर काठमाडौं पुगेर जाहेरी दिए
  • मंगलबार नै काठमाडौं महानगरका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापकसमेत रहेका सुधन गुरुङविरुद्ध एमाले भ्रातृ संगठन अखिलको जाहेरी
  • जेन–जीको जाहेरी ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ मा पठाइयो, अखिलको जाहेरीमा २४ घण्टाभित्र जवाफ दिइने
  • उजुरी जुहारीले मुलुकको राजनीति थप अन्योलतर्फ धकेलिने संकेत 

काठमाडौं– जेन–जी प्रदर्शनको घटनालाई लिएर प्रहरीमा दोहोरो उजुरी परेको छ । एकातिर जेन–जी आन्दोलनका क्रममा मृतकका परिवारले निवर्तमान सरकार प्रमुखहरुविरुद्ध किटानी जाहेरी दिएका छन् भने अर्कोतिर आन्दोनलकै अगुवा मानिएको सुधन गुरुङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहविरुद्ध ।

भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनका क्रममा आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएर आन्दोलनकारीको हत्यामा नेतृत्वदायी भूमिका खेलेको आरोपसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउको मागसहित जाहेरी परेको छ । मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा ‘जेन–जी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी पेस भएको हो ।

काठमाडौं प्रहरीले उक्त जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ लाई बुझाएको छ । मृतकका परिवारसहित जेन–जी अभियन्ताले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै पेस गरेका जाहेरी आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं,’ उनले भने ।

उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले बताए । यसअघि आयोगले विज्ञप्ति जारी गर्दै फौजदारी कसूरमा जोकोहीलाई कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने जनाएको थियो । ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Hardik health

गृह मन्त्रालयले घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछिमात्र छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ । कार्की नेतृत्वको आयोगले तीन महिनाको समय पाएको छ ।

सोमबार जेन–जी अगुवाहरुले भदौ २३ गते प्रदर्शनका क्रममा १९ जनाको हत्या अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न अभियान नै सुरु गरेपछि सरकारलाई जाहेरी लिन दबाब परेको हो । प्रहरी भने आयोगबाटै अनुसन्धान अघि बढ्ने भन्दै पन्छिएपछि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार राति प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग छलफल गरेका थिए । जेन–जी आन्दोलनकै बलमा सत्तारोहण गरेकी प्रधानमन्त्री कार्कीलाई जेन–जीको माग पूरा गराउनैपर्ने बाध्यता छ । तर प्रहरीले भने चुनाव घोषणा गरिसकेको अहिलेको अवस्थामा दलहरुलाई विश्वासमा लिएर थप संकट आउन नदिन सरकार सचेत हुनुपर्ने सुझाव दिएको छ । नभए ओली र लेखकलाई पक्राउ गर्न सरकारको लिखित आदेश दिनुपर्ने माग प्रहरीले गरेको थियो ।

प्रहरीले सोमबार साँझ गृहमन्त्री अर्यालसँग काठमाडौं महानगरका प्रमुख साहविरुद्ध पनि उजुरी आए के गर्ने भनी प्रश्न गरेका थिए । नभन्दै मंगलबार मेयर साह र हामी नेपाल नामक संस्थाका संस्थापकसमेत रहेका जेन–जी अगुवा गुरुङविरुद्ध जाहेरी परेको छ ।नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले साह र गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने÷नगर्नेबारे २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समिक बडालले बताए । ‘हामीले जाहेरी दिएका छौं । उहाँहरुले २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय दिन्छौ भन्नुभएको छ,’ बडालले भने ।

सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति नाश गरिएको र प्रहरीहरूको हत्या अभियोगमा मेयर साह र जेन–जी अभियन्ता गुरुङलाई पक्राउ गर्नुपर्ने अखिलको माग छ । जेन–जी अगुवाका रुपमा सक्रिय गुरुङ आन्दोलनका दिन सिंहदरबारमा आगो लगाएर फर्किरहेको भिडियो यहीबेला सामाजिक  सञ्जालमार्फत सार्वजनिक भएको छ । मेयर साहलाई भने सरकारी संरचनामा आगलागी गराउने योजनाकारका रुपमा भूमिका खेलेको आरोप लागेको छ ।

थप अप्ठेरोमा पर्दै सरकार
जेन–जी अगुवाहरुको माग एकपछि अर्को गर्दै टर्दै गएपछि सरकार थप अप्ठेरोमा पर्ने देखिएको छ । यसअघि निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखकसहित काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न माग गरिएको थियो । पछि राहदानी रोक्का गर्ने तयारी भने पनि यसबारे कुनै निर्णय नभएको पुष्टि भइसकेको छ ।

यसैगरी जेन–जी अगुवाहरुले जेन–जी प्रदर्शनकारीमाथि गरेको दमनको अभियोगमा ओली र लेखकलाई पक्राउ गर्न गरिएको माग प्रहरीले आयोगतर्फ ‘फर्वाड’ गरेको छ । यसले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई झनै अप्ठेरो पार्दै ल्याएको छ । एकातिर निर्वाचनका लागि दलहरुलाई विश्वासमा लिनुपर्ने अवस्था, अर्कोतर्फ जेन–जीको बलिदान र आमजनताको आक्रोशलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताले कार्की नेतृत्वको सरकार अप्ठेरोमा पर्ने देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

विश्लेषकहरुका अनुसार जेन–जी आन्दोलनको मर्म र सफलतालाई सरकारले सम्बोधन नगरे प्राप्ति खेर जाने अवस्थासमेत आउने देखिन्छ भने पुरानै दललाई यसले फाइदा पुग्ने देखिन्छ । यसबारे छलफल गर्न मंगलबार साँझ प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरुको बैठक सिंहदरबारमा बसेको थियो ।

यसबारे कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।विश्लेषकहरु आयोगको प्रतिवेदन र पर्याप्त प्रमाण भएमात्र नेताहरु पक्राउ गर्नुपर्ने बताउँछन् । अन्यथा, यसखाले धरपकडले थप जटिलता आउने र दुई पक्षबीच झडप हुनसक्ने बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै आइतबार, कात्तिक २, २०८२
बागमती  प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण आइतबार, कात्तिक २, २०८२
जेनजी प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता
जेनजी प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता आइतबार, कात्तिक २, २०८२
तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित
तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री आइतबार, कात्तिक २, २०८२
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP