Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमण गर्दै
चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमण गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २१, २०८२

बेइजिङ-  चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै छन् । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्  । चीन र उत्तर कोरिया बीचको यो भेटलाई दुवै देशबीचको ‘परम्परागत मित्रता र घनिष्ठ सहयोगको निरन्तरता’ का रूपमा हेरिएको छ ।

चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी र आर्थिक सहारा रहँदै आएको छ । तर हालका वर्षहरूमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग सम्बन्ध सुदृढ गर्दै मस्कोलाई युक्रेन युद्धमा सहयोगका सङ्केत देखाएका छन्  । उत्तर कोरियाको सरकारी एजेन्सी केसिएनएका अनुसार रुसले यस वार्षिकोत्सव समारोहमा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ ।

Hardik health

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र उत्तर कोरियाको सम्बन्धलाई ‘अटल रणनीतिक नीति अन्तर्गत कायम, सुदृढ र विकास गर्नेतर्फ केन्द्रित’ रहेको उल्लेख गरिएको छ । ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुन्। उनी प्रधानमन्त्रीका रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ नेता मानिनुहुन्छ । ७२ वर्षीय राष्ट्रपति सीले आफ्नो यात्रा तालिका सीमित गर्नुभएकाले हालका महिनाहरूमा उहाँले चीनको तर्फबाट विदेशी भ्रमणहरूमा सक्रिय प्रतिनिधित्व गरेका छन्  ।

सी जिनपिङको उत्तर कोरियाको अन्तिम भ्रमण सन् २०१९ मा कोभिड–१९ महामारी अघि भएको थियो । यसपटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेताहरू पनि समारोहमा सहभागी हुने भएका छन् । भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्रप्रमुख टो लामले पनि उत्तर कोरियाको वार्षिकोत्सव समारोहमा भाग लिन यात्रा गर्ने घोषणा गरेका छन्  । सन् २००७ पछि कुनै भियतनामी नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । त्यस्तै, लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनेछन् ।

गत वर्षदेखि चीन र उत्तर कोरियाबीचको उच्चस्तरीय सम्पर्क पुनः तीव्र बनेको छ । पोलिटब्युरो स्थायी समितिका अर्का सदस्य झाओ लेजीले यसै वर्षको अप्रिलमा प्योङयाङ भ्रमण गरी नेता किम जोङ उनसँग भेट गरेका  थिए । त्यसपछि गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा भाग लिनुहुँदा राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेताहरूसँग पनि भेटघाट गरेका थिए ।

    यस भ्रमणमार्फत चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः बलियो बनाउन खोजेको विश्लेषकहरूको धारणा छ ।


प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP