Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

चन्द्रपुर - गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो । 

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् ।

उक्त क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको थियो । झाझखोला र बागमती नदीको बीचमा रहेको सो गाउँपालिकाको वडा नं ४ पचरुखी र वडा नं ५ बर्डहवा बढी प्रभावित भएका छन् । बाढीले धान बाली नष्ट गरेको छ । 

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा बाढीबाट ८९ परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । सबैभन्दा बढी वडा नं ८ र ९ प्रभाबित बनेका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिमा बढी क्षति पुगेको छ ।

Hardik health

 सडक अवरुद्ध

बाढीले रौतहटभित्रका ठूला सडकसमेत अवरुद्ध भएका छन् । गौर भन्सारदेखि बिपीचोकसम्म सडकमा पानी जमेको छ । बाढीले मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्र सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

सरकारी कार्यालय डुबानमा

बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो । 

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताए । बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन् । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए । लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालयसमेत डुबानमा परेका छन् । रौतहटमा  नदीमा डुबेर एक जना तथा चट्याङमा परी तीन जनाले ज्यान गुमाएका छन् ।
 


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP