Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह
प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

काठमाडौं - अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पुर्याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुन पुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानि अपनाउन विज्ञहरूले आमसर्वसाधरणसँग आग्रह गरेका छन् ।

विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी रहन्छ । विशेषगरी झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा–खोकी,  टाइफाइड तथा अन्य सङ्क्रमणजन्य रोगका कारण जनधनको क्षति हुनसक्छ । यी रोगहरुबाट बच्न पानी उमालेर वा ‘क्लोरिन’ प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।  

विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसी । उनका अनुसार कुनै पनि प्रकोप, विशेषगरी बाढी–पहिरोपछि खानेपानी प्रणालीमा समस्या आउनसक्छ र यस्तो अवस्थामा खानेपानीको स्रोतमा ढल मिसिने सम्भावना रहन्छ, जसले फोहोर पानीे सेवनका कारण झाडापखाला, हैजाजस्ता पानीजन्य रोग फैलिन सक्छ । “पिउने र खाना पकाउने पानी सफा र पिउनयोग्य छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक छ । पानी उमालेर वा क्लोरिन झोल÷ट्याबलेटको प्रयोग गरेर मात्र पिउनु उचित हुन्छ,” उनले भने ।

Hardik health

विज्ञका अनुसार शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राख्ने, सडेगलेका, बासी र झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ । यसैगरी खाना पकाउनु, खाना खानु र बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि तथा बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचीमिची हात धुनुपर्छ ।  

डा केसीका अनुसार बाढी तथा झाडापखालाबाट प्रभावित क्षेत्रमा अहिले क्लोरिन झोल र ट्याबलेट वितरण भइरहेको छ । “यदि पखालाजन्य रोग लागेको खण्डमा झोलिलो खानेकुरा प्रशस्त खाने र घरमै जीवनजल बनाएर सेवन गर्नुपर्छ । समस्या  जटिल हुने अवस्था देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारका लागि जानुपर्छ,” उनले सुझाए ।

उनले बाढी, पहिरोका कारण जनधनको अकल्पनीय एवं अपुरणीय क्षति भएको विद्यमान अवस्थामा सरकारले प्रभावित क्षेत्रमा जीवनजल, क्लोरिन ट्याबलेट र आवश्यक औषधिको व्यवस्थापनसहित सबै स्वास्थ्य संस्थाहरूलाई ‘हाइ अलर्ट’ मा रहन निर्णय गरेको जानकारी गराए । 

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केसीले देशको विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गरी आवश्यक औषधि तथा स्वास्थ्य सामगीसहित स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा जुटिसकेकाले प्रभावित व्यक्ति तथा परिवारलाई सहजरुपमा स्वास्थ्य उपचार गराउने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गरिदिन सम्बद्ध सबैसँग अनुरोध गरे  ।   
 


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP