Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • सरायको रौनक कोतघरमा
सरायको रौनक कोतघरमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

तम्घास - दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ । 

गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाच्ने गरिन्छ । गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायतका स्थानमा सराय नाचिएको छ । पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, मुसिकोटलगायतका स्थानमा सराय नाचिन्छ । सरायमा बालबालिका, युवा, महिलाका साथै वृद्धवृद्धासमेत नाच्ने गरेको इस्मा कोटका पुजारी गोविन्द अर्यालले बताए । 

रङ्गीचङ्गी ध्वजापतकाले सिङ्गारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिका रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ ।

वाग्लाको वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा विसं २०१५ भन्दा अगाडिदेखि नै सराय नाच्न थालिएको स्थानीयसमेत रहेका पूर्ववडाध्यक्ष हिमप्रसाद पन्थीले बताए । “तत्कालीन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाचिन्छ”, पन्थीले भने, “युवा सहभागिताले सरायमा उत्साह थपेको छ ।”

Hardik health

इस्माकोट मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद रिजालले परापूर्वकालदेखि नै सराय नाचिएको बताए । “सुरु भएको मिति त कसैलाई थाहा छैन, तर बाउ–बाजेका पालादेखि नै मैदानमा सराय नाचिएको छ”, उनले भने । इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुआत हुन्छ । बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सराय सुरु भएको बूढापाका बताउँछन् । 

यस्तो छ सरायको किंवदन्ती

घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैँको टीका लगाउने प्रचलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराय खोल्न थालिएको इतिहास छ । 

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफुहरूले धुर्कोट कोतलगायतका मन्दिरमा संरचना थप गर्ने, मर्मत गर्ने लगायतका काम गरेर सराय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताए । “बसाइँ सरेका नागरिक पनि दसैँमा घर आउने भएकाले सरायमा उल्लेख्य सहभागिता देखिन्छ”, उनले भने, “सराय खेल्न युवा पुस्तालाई उत्प्रेरित गरेका छौँ ।” उनले प्रत्येक मन्दिरहरूमा सराय व्यवस्थित गर्नका लागि बजेटसमेत विनियोजन गरेको बताए । 

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरू योजनाबद्ध रूपमा लागेको बताए । उनले अहिले पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायतका काम भइरहेकाले अब बिस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नुपर्नेमा जोड दिए । त्यसैगरी रु एक करोडभन्दा बढीको लागतको इस्माकोटको मर्मत तथा पुनर्निर्माण गरिएको उनको भनाइ छ । 


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:१४
#सराय
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP