पेरिस- फ्रान्सेली अभियोजनकर्ताहरूले आइतबार युद्धग्रस्त पूर्वी युक्रेनमा एक ड्रोनले एक फ्रान्सेली फोटो पत्रकारको मृत्यु भएपछि ‘युद्ध अपराध’ अनुसन्धान सुरु गरेको बताएका छन्।पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सीमानामा युक्रेनको चौथो बख्तरबन्द ब्रिगेडमा रहेका ३७ वर्षीय एन्टोनी लालिकनको शुक्रबार मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी पत्रकार जर्जी इभानचेन्को युक्रेनको सेना र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूसमाथि आरोप लगाएको आक्रमणमा घाइते भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । फ्रान्सको आतङ्कवादविरोधी एकाई (पिएनएटी)का अनुसार यो अनुसन्धान मानवता र घृणा अपराधविरुद्धको अपराधको लागि केन्द्रीय कार्यालयलाई सुम्पिएको छ।
‘अन्तर्राष्ट्रिय मानवीय कानूनद्वारा संरक्षित व्यक्तिको जीवन र शारीरिक वा मानसिक अखण्डतामा जानाजानी आक्रमण’ गरिनुलाई पिएनएटीको दायरामा ‘युद्ध अपराध’ भनिन्छ । फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित फोटो पत्रकार लालिकन युक्रेनविरुद्ध रुसको युद्धमा ड्रोनबाट मारिने पहिलो पत्रकार हुन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण आक्रमण सुरु गरेयता युक्रेनमा कम्तीमा १७ जना पत्रकारको मृत्यु भएको विभिन्न मानव अधिकारवादी समूहहरूले बताएका छन् भने युनेस्कोले यो सङ्ख्या २२ रहेको बताएको छ।युद्धका क्रममा मारिएका पत्रकारमध्ये सन् २०२३ मा रकेट आक्रमणबाट मारिएका एएफपीका भिडियो पत्रकार अरमान सोल्डिन पनि रहेको छ ।