Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो: सडक विभाग
दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो: सडक विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

काठमाडौं-  सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको हाे  ।

पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा  यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए  । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे  ।

“दसैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए । यात्रुहरूले धेरै सास्ती भोग्नुपर‌्यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम ग¥यौँ । हाल बाटो सहज भइसकेको छ”, उनले भने ।

Hardik health

हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यसबाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ । विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ ।

 करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो । ठोरी, भण्डारा–मलेखु, गल्छी– त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । यस्तै, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन रात सवारी आवागमन बन्द
तीन रात सवारी आवागमन बन्द शुक्रबार, असोज १७, २०८२
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
बीपी राजमार्गमा राति गाडी चलाउन रोक बिहीबार, असोज १६, २०८२
अपांगता भएकालाई सहयोग सामग्री
अपांगता भएकालाई सहयोग सामग्री शुक्रबार, असोज १०, २०८२
एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न शुक्रबार, असोज १०, २०८२
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल शुक्रबार, असोज १०, २०८२
रामेछापमा भूकम्पको धक्का महसुस
रामेछापमा भूकम्पको धक्का महसुस शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP