Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

एएफपी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अनुसार एपको नियन्त्रण उहाँको राजनीतिक र व्यवसायिक सहयोगीहरूले सम्हाल्नेछन् ।

यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ ।एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो । तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो ।

ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ताहरू’ अर्थात् उनका नजिकका सहयोगीहरूको समूहले सञ्चालन गर्ने बताए । उनका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्नेछैन । लगानीकर्ताहरूमा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल छनं  । साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन् ।

“यो विनिवेशले लाखौँ अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रयोग गर्न निरन्तर अनुमति दिनेछ, तर उनीहरूको डाटा राष्ट्रिय सुरक्षासँग सुरक्षित रहनेछ”, ट्रम्पले भने  ।

Hardik health

 निरन्तर निगरानी 

नयाँ व्यवस्थाअनुसार टिकटकको अमेरिकी संस्करणले आफ्नै स्वदेशी एल्गोरिदम मोडेल प्रयोग गर्नेछ । यही एल्गोरिदमलाई प्रायः एपको ‘गोप्य सफलता सूत्र’ मानिन्छ । ह्वाइट हाउसका एक अधिकारीले यस एल्गोरिदम ‘अनावश्यक प्रभावमा नपरोस्’ भनेर निरन्तर निगरानी गरिने बताए ।

टिकटकसँग सम्बन्धित नयाँ ढाँचा पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनको कानूनअनुरूप आएको हो । सो कानूनले बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पारेको थियो । अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत डाटा स‌‌ंकलन गर्ने वा एल्गोरिदम प्रयोग गरी अमेरिकी जनमानसमा प्रभाव पार्ने जोखिम रहेको दाबी गर्दै आएका छन् ।

ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत समयसीमा विस्तार गर्दै सन् २०२५ डिसेम्बर १६ सम्मको समय दिएका थिए । बिहीबारको आदेशले फेरि जनवरी २३ सम्म एक सय २० दिनको थप समय उपलब्ध गराएको छ ।

चीनको प्रतिक्रिया 

सम्झौतासम्बन्धी प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन संवादको उल्लेख गर्दै भने, “राष्ट्रपति सीले यसलाई अनुमति दिएका छन् ।  उनको समर्थन अत्यन्तै महत्त्वपूर्ण छ ।”राज्य सञ्चालित सिसिटिभीले सीले अमेरिकासँगको वार्ता बजार–आधारित र चिनियाँ कानूनसँग मेल खाने हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि नियमित पत्रकार सम्मेलनमा भने, “हामी आशा गर्छौं कि अमेरिकाले चिनियाँ कम्पनीहरूप्रति खुला, निष्पक्ष र गैर–भेदभावपूर्ण व्यापार वातावरण सुनिश्चित गर्नेछ ।”  टिकटकले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
अस्ट्रेलियाको समुद्री पक्षीमा एच-५ बर्ड फ्लू पुष्टि शुक्रबार, असार २६, २०८३
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP