Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको नयाँ शुल्क घोषणाःऔषधि, ठूला ट्रक र फर्निचरमा कर
ट्रम्पको नयाँ शुल्क घोषणाःऔषधि, ठूला ट्रक र फर्निचरमा कर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२

एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन्  ।

गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो । अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ । 

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भने,‘जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ ।’ यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसंघको कमट्रेड डाटाबेसले देखाउँछ । 

Hardik health

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भने,‘उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।’ औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गरेका छन् । उनले भने,‘पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।’ 

यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ । राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाए  । उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोजेका छन्  ।

यसै क्रममा, ट्रम्पले घर नवीकरणका सामानलाई पनि करको दायरामा ल्याउनुभएको छ । उनले घोषणा गरे,‘अक्टोबर १ देखि सबै किचन क्याबिनेट, बाथरुम भ्यानिटी र सम्बन्धित उत्पादनमा ५० प्रतिशत करका साथै साथै अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ ।’

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा फर्निचरको कुल बिक्रीमध्ये ६० प्रतिशत आयातमा आधारित थियो । यसमा ८६ प्रतिशत काठको फर्निचर र ४२ प्रतिशत अपहोल्स्टर्ड फर्निचर बाहिरबाट आयात भएको थियो । घोषणापछि आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूको सेयर तत्काल घटेको छ ।


 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा शुक्रबार, असोज १०, २०८२
दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवनरेखा
दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवनरेखा शुक्रबार, असोज १०, २०८२
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द शुक्रबार, असोज १०, २०८२
गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना
गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना शुक्रबार, असोज १०, २०८२
अमेरिकी कर वृद्धिले बाल्कन क्षेत्रको अर्थतन्त्र प्रभावित हुने : इबिआरडी
अमेरिकी कर वृद्धिले बाल्कन क्षेत्रको अर्थतन्त्र प्रभावित हुने : इबिआरडी शुक्रबार, असोज १०, २०८२
नेतान्याहुको अमेरिकी भ्रमणअघि प्यालेस्टिनी राज्य मान्यताप्रति तीव्र आलोचना
नेतान्याहुको अमेरिकी भ्रमणअघि प्यालेस्टिनी राज्य मान्यताप्रति तीव्र आलोचना बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP